दुधौली नगरपालिकाको मोबाइल एप्लिकेशन सार्बजनिक

नगर प्रमुख श्री घनश्याम राउत ज्युद्वारा दुधौली नगरपालिकाको मोबाइल एप्लिकेशन कार्यपालिकाको बैठकमा उदघाटन गरि सार्बजनिक गरियो |

उक्त मोबाइल एप्लिकेशन अहिलेको लागि Android मोबाइलको लागि उपलब्ध रहेको र Google Play Store बाट डाउनलोड गरी चलाउन सकिने छ |
iOS (एप्पल) को मोबाइलको लागि निर्माण प्रक्रियामा रहेको छ |

उक्त एप्लिकेशनबाट दुधौली नगरपालिकाको सम्पूर्ण सूचनाहरु तथा जानकारीहरु मोबाइलबाटै पढ्न सक्ने, नगरवासीहरुले मोबाइलबाटै विभिन्न किसिमका

सेवाहरुको बारे जानकारी प्राप्त गर्न सक्ने, नगर कार्यपालिका तथा वडा कार्यालयहरुको कर्मचारीहरु, पदाधिकारीहरुको विवरण हेर्न सक्ने इत्यादि. विशेषताहरु रहेको छन् |

उक्त एप्लिकेशन डाउनलोड(Download) गर्नको लागि तल दिएको लिंक(link) मा क्लिक(Click) गर्नु होस |

https://play.google.com/store/apps/details?id=infodev.doit_dudhauli&hl=en

Image: