FAQs Complain Problems

स्रोत घर बगैंचा ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न |

दुधौली नगरपालिकालाई वातावरणमैत्री नगरको रुपमा विकास गर्ने उदेश्यका साथ दुधौली नगरपालिका वातावरण, फोहरमैला तथा विपद ब्यबस्थापन शाखाको आयोजनामा ५ दिने स्रोत घर बगैंचा ब्यबस्थापन सम्बन्धि तालिम कार्यक्रम मिति २०७५/११/२५ देखि २९ सम्म दुधौली स्वास्थ्य चौकीको सभा हल मा सम्पन्न गरियो l नगरपालिकाको एक घर एक बगैंचा नीतिलाई सार्थकता दिने उदेश्यका साथ नगरपालिकाका बिभिन्न वडाका २२ जना किसान लाई स्रोत घर बगैंचा ब्यबस्थापन सम्बन्धि तालिम प्रदान गरियो l यस तालिमलाई वातावरणबिद् श्री रामचन्द्र सुबेदीले सहजीकरण गर्नुभएको थियो l प्रशिक्षकको रुपमा ली-बर्ड बाट शम्भु बस्नेत र इको सान स्रोत केन्द्रका श्रीरेन्द्र पोखरेल रहनुभएको थियो l कार्यक्रमलाई दुइ खण्डमा बिभाजन गरिएको थियो, पहिलो खण्ड ३ दिनको थियो भने दोस्रो खण्ड २ दिनको रहेको थियो l पहिलो खण्डमा वातावरणमैत्री नगर निर्माणको लागि आवश्यक सूचकको बारेमा जानकारी, फोहरमैला ब्यबस्थापन र घर बगैंचामा कुहिने फोहरबाट मल बनाई प्रयोग कसरि गर्ने र जलबायु परिबर्तन अनुकुलनमा घर बगैंचाको भूमिका भन्ने बिषयमा वातावरणबिद् रामचन्द्र सुबेदी ले प्रस्तुतीकरण गर्नुभएको थियो भने स्रोत घर बगैंचा को पृष्टभूमि, परिभाषा र महत्व तथा घर बगैंचाका  तत्त्वहरू, घरबगैंचा र करेसाबारीमा भिन्नता, घर बगैंचाले पोषणमा पुर्यांउने फाइदा, घर बगैचाको रेखांकन, नमुना घर बगैंचा, नर्सरी ब्यबस्थापन, बाली पात्रो बिशलेष्ण, घर बगैंचाको लागि बालीको छनौट, जलबायु परिवर्तन अनुकलनमा घरबगैंचाको भूमिका लगायतका बिषयमा शम्भु बस्नेतले प्रस्तुतीकरण गर्नु भएको थियो l दोस्रो खण्डमा मानब पिसाबको महत्व, प्रयोग तथा फोहरमैला ब्यबस्थापन कसरि गर्ने भन्ने बिषयमा रहेको थियो l यस सेसनमा घर बगैंचामा प्रांगारिक विधिको प्रयोग कसरी गर्ने र मानब पिसाबलाइ मलको रुपमा प्रयोग तथा जैविक विषादीको रुपमा कसरि प्रयोग गर्ने, रासायनिक मल तथा बिषादीको प्रयोगमा नियुनीकरण गर्ने र जैविक मल तयार गर्ने बिषयमा सैद्दान्तिक तथा प्रयोगात्मक बिधिबाट प्रस्तुतीकरण गरिएको थियो l पिसाबलाई तरकारी तथा अन्य वालीमा प्रयोग गर्ने तरिका फिल्डमा गइ सहभागीलाइ नै प्रयोग गर्ने सिकाईएको थियो l तरकारी, फलफुल तथा खाली जग्गामा पिसाबलाइ कति Ratio मा प्रयोग गर्ने भन्ने बिषयमा जानकारी सहित प्रयोगात्मक बिधिबाट सिकाईएको थियो l समापन कार्यक्रममा बोल्दै नगरप्रमुख श्री घनश्याम राउत ज्युले नगरको नीतिलाई सहयोग पुग्ने गरी कार्य गर्नको लागि सहभागीहरुलाई आवश्यक सहयोग गर्न आफु तयार रहेको हुदाँ स्रोत घर बगैंचा कार्यक्रमलाइ नमुना वातावरणमैत्री कार्यक्रमको रुपमा अगाडी बढाउन आग्रह गर्नुभएको थियो l प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र पौडेल ज्यु ले स्रोत घर बगैंचा कार्यक्रम एकदम राम्रो भएको हुदाँ यसलाई अभियानको रुपमा अगाडी बढाउन सहभागीहरुको महत्वपूर्ण भूमिका हुने र त्यसको लागि आबस्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनु भयो l

Image: