FAQs Complain Problems

नगर प्रहरीहरु तथा सरसफाई सहजकर्ताहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न |

दुधौली नगरपालिकाका नगरप्रहरी र सरसफाई सहजकर्ताहरुलाई वातावरण तथा फोहरमैला ब्यबस्थापन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम मिति २०७६ साल बैशाख महिनाको ६ गते शुक्रबारको दिन सम्पन्न गरियो l कार्यक्रममा १४ वटै वडाका सरसफाई सहजकर्ताहरु, नगर प्रहरीहरु र सरसफाई सम्बन्धित चालकहरुको उपस्थिति रहेको थियो l कार्यक्रमको संचालन वातावरण शाखा प्रमुख वातावरणविद श्री रामचन्द्र सुबेदी ले गर्नु भएको थियो l प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र पौडेलले दुधौली नगरपालिका वातावरणमैत्री नगरपालिका बनाउने नीतिका साथ अगाडी बढेको हुदाँ सबैजना ले आआफ्नो वडामा सक्रिय रुपमा फोहरमैला ब्यबस्थापन कार्य तथा वातावरणमैत्री सूचक पुरा गर्न सहयोग पुग्ने गरी काम गर्न निर्देशन दिनुभयो l वातावरणबिद् श्री रामचन्द्र सुबेदीले फोहरमैला लाई बर्गिकरण गरी ब्यबस्थापन गर्ने, नगरपालिकालाइ वातावरणमैत्री बनाउनको लागि आबश्यक सूचक को बारेमा जानकारी तथा यी सूचकहरु कसरि पुरा गर्न सकिन्छ भन्ने बारेमा र नगरप्रहरी र सरसफाई सहजकर्ताहरुको काम कर्तब्यको बिषयमा प्रस्तुति गर्नुभएको थियो l

Image: