FAQs Complain Problems

जैविक फोहर ब्यबस्थापनको लागि कम्पोस्ट मल, गड्यौले मल र कौशी खेति/करेसाबारी सम्बन्धि तालिम सम्पन्न |

दुधौली नगरपालिकालाई वातावरणमैत्री नगरको रुपमा विकास गर्ने उदेश्यका साथ वातावरण बिभाग सँगको समन्वयमा फोहरजन्य क्रियाकलाप नियमन तथा नियन्त्रण अन्तर्गत क्म्पोस्टिंग, भर्मीकम्पोस्टिंग र कौशी खेति सम्बन्धि एक-एक दिने तालिम मिति २०७६/०१/१६ देखि १९ सम्म  दुधौली नगरपालिकाका ४ वटा वडा क्रमशः ११, ६, ४ र ९ मा सम्पन्न भयो l सो कार्यक्रममा प्रशिक्षक को रुपमा वातावरण बिभागका वातावरण निरीक्षक श्री राजेश्वर पौडेल, वातावरण बिभागकै वातावरण निरीक्षक गोविन्द प्रसाद लामिछाने र दुधौली नगरपालिकाका वातावरणबिद् श्री रामचन्द्र सुबेदी रहनुभएको थियो l पहिलो दिनको कार्यक्रम मिति २०७६/१/१६ गते वडा नं  ११ को शनिबारे बजारमा संचालन गरिएको थियो , दोस्रो दिनको कार्यक्रम मिति २०७६/०१/१७ का दिन वडा न ६ मा संचालन गरिएको थियो, तेस्रो दिनको तालिम मिति २०७६/०१/१८ मा डकाहा बजारमा संचालन गरिएको थियो भने चौथो दिन मिति २०७६/०१/१९ का दिन दुधौली नगरपालिकाको केन्द्र दुधौली बजारमा संचालन गरिएको थियो l तालिममा तिन वटा बिषयमा तालिम दिईएको  थियो l पहिलो प्रस्तुति दुधौली नगरपालिकाका वातावरणबिद् श्री रामचन्द्र सुबेदीले गर्नुभएको थियो उहाँले फोहरको बर्गिकरण कसरि गर्ने, फोहरका किसिम र यसलाई कसरि ब्यबस्थापन गर्न सकिन्छ र बिशेष गरी कम्पोस्ट बिनको प्रयोग गरेर जैविक फोहर लाई कसरि मल बनाउने यसका चरणहरु,  यो बिधिबाट मल बनाउदा ध्यान दिनु पर्ने कुराहरु, यो विधिबाट मल बनाउदा हुने फाइदा, प्रयोग  गर्नहुने बस्तु र नहुने बस्तुहरुको बारेमा सहजढंग बाट प्रस्तुति गर्नुभएको थियो l फोहरमैलालाइ स्रोतमै बर्गिकरण गरी कुहिने फोहरलाई आफ्नै घर तथा कार्यालय परिसरमै मल बनाई ब्यबस्थापन गर्ने र अन्य फोहरलाई छुट्टाछुट्टै जम्मा गरी ब्यबस्थापन गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो भने प्लाष्टिकजन्य फोहर जलाउदा हुने असर बारे पनि जानकारी गराउन भयो l दोस्रो प्रस्तुति वातावरण बिभागका वातावरण निरीक्षक श्री राजेश्वोर पौडेल ले Vermicomposting (गड्यौले मलको) फाइदा गड्यौलाको  प्रयोग गरी मल बनाउने तरिका र मल बनाउदा ध्यान दिनुपर्ने बिषयमा प्रस्तुति गर्नुभएको थियो l तेस्रो प्रस्तुति कौशी खेति/करेसाबारी खेति सम्बन्धि प्रस्तुति रहेको थियो सो बिषयमा दुधौली नगरपालिकाका वातावरणबिद् श्री रामचन्द्र सुबेदीले गर्नुभएको थियो l कौशी खेति/करेसाबारीको अवधारणा बारेमा, कौशी खेति/करेसाबारी तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु, करेसाबारीमा लगाउने बालीहरुको छनौट, करेसाबारी बाली लगाउदा आवश्यक पर्ने तत्वहरु,  जैविक बिषादीको प्रयोग, पिसाब बाट मल बनाउने र मल तथा जैविक मलको रुपमा प्रयोग गर्न सिकाउनुभएको थियो भने कौशी खेति गर्दा घर बाट निस्कने फोहर भनेर फालेको बस्तुलाई प्रयोग गरेर तरकारी तथा फलफुल फलाउन सकिने बिषयमा चित्र, वृतचित्र तथा प्रस्तुति मार्फत  सहजढंगबाट प्रस्तुति गर्नुभएको थियो l चौथो प्रस्तुति प्रयोगात्मक रहेको थियो यसमा Compost Bin को प्रयोग गरी कसरि मल बनाउने भन्ने विषयमा प्रयोगात्मक बिधिबाट प्रयोग गरेर देखाईएको थियो भने सहभागीहरुलाई पनि प्रयोग गर्न लगाएर सिकाईएको थियो l कम्पोस्ट को प्रयोगात्मक कक्षा रामचन्द्र सुबेदीले लिनुभएको थियो l त्यसैगरी भर्मीकम्पोस्टिंग (गड्यौले मल) कसरि तयारी गर्ने, यसमा ध्यान दिनुपर्ने कुराहरु के के हुन् भन्ने बिषयमा प्रयोगात्मक बिधिबाट सहभागीहरुलाई सहभागी गराई प्रस्ट पारिएको थियो  l भर्मीकम्पोस्टिंग सम्बन्धि प्रयोगात्मक कक्षा राजेश्वर पौडेल र गोविन्द प्रसाद लामिछानेले लिनु भएको थियो l सहभागीहरुले जैविक फोहर ब्यबस्थापनमा यो तालिम कार्यक्रमले निकै फाइदा पुराउने र नमुना काम गरेर नगरमा फोहरमैला ब्यबस्थापनमा राम्रो उदहारण बन्ने जिकिर गरे         l  कार्यक्रमको समापनमा बोल्दै सम्वन्धित वडाका वडाध्यक्षहरुले  जैविक फोहर ब्यबस्थापन गर्न यस तालिम कार्यक्रमले निकै सहज पुर्याउने घर तहमै फोहर बर्गिकरण गरी कुहिने फोहरलाई घरमै ब्यबस्थापन गर्नुपर्ने र अन्य फोहर पनि बर्गिकरण गरेर राख्ने र छिमेकिहरुलाई पनि तालिममा सिकेको कुराहरु सिकाउन अनुरोध गर्नुभयो  र वडाले तालिमका सहभागीहरुलाई अनुगमन गरी प्रभाबकारी ढंगबाट यसको उपयोग गराउने बताउनुभयो l तालिमको समापन पश्चात सहभागीहरुलाई जैविक फोहर ब्यबस्थापन गर्नको लागि कम्पोस्ट बिन यसका सामाग्रीहरु, EM झोल, भर्मीकम्पोस्टिंग बिन र गड्यौला बितरण गरिएको थियो l

Image: