FAQs Complain Problems

वडा नं. ४ को कार्यालय, कर्मा

      सिन्धुली जिल्लाको ७ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये दुधौली नगरपालिका भित्र पर्ने ४ नं. वडा पनि एक हो । बाहुन, क्षेत्री, मगर, सुनुवार, दलितहरुको बसोबास रहेता पनि यस वडामा आदिबासी दनुवार जातिको संख्या अधिक रहेको छ । मुख्य पेशा कृषी भए पनि व्यापार लगाएत अन्य पेशा गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । यस वडा चुरे, पहाड र कमला नदीको उत्तर तर्फ रहेको छ । यहाको जग्गा जमिन केही भू–भाग भिरालो र खेति योग्य समथर रहेको छ । यस वडाको तल देखि माथि सम्मनै धरान चतरा – (मदन भण्डारी राजमार्ग¬) सडकले छोएको छ भने गाउँ वा टोल टोलमा ६ देखि  ८ मिटर सम्मनको बाटो निर्माण भएको जसले गर्दा मानिसहरुलाई आवात जावात गर्न कठिनाई भएको देखिन्दैन । अधिकाँस जमिनमा कमला नदीको पानीले सिचाई सुविधा उपलब्ध छ भने थोरै जमिन आकाशे पानीमा निर्भर रहनु परेको छ । यस वडाको पूर्वमा ५ नं. वडा, पश्चिममा दुधौली नगरपालिकाको १ नं. वडा, दक्षिणमा कमला नदी, दुधौली नगरपालिकाको ३ नं. वडा, ६ नं. वडा र  उत्तरमा तिनपाटन गाउँपालिका भित्र पर्ने साविक आम्बोटे गा.वि.स.पर्दछ । वर्षादको समयमा खोलामा आएको बाढीले गर्दा छिमेकी वडाहरुमा आवात जावात गर्न कठिनाई हुन्थ्यो भने हाल बनेको जगाडी खनिया जोडिने पक्कि पुल र ठाकुर खोला पक्कि पुल निर्माणको कारणले धेरैनै सहज भएको छ ।
     यस वडाको प्रायः जसो भू–भाग समथर रहेता पनि अधिकाँस भूभाग जङ्गलले ढाकेको भिरालो डाँडाकाँडा रहेको छ । यहाको जङ्गलमा साल, साज लगाएतका काठहरु पाइन्छ । यो वडा समुद्रसतहदेखि १८० देखि २९० मिटरको उचाईमा रहेको छ । यस वडामा पाईने वनस्पतिहरुमा साल, सिसौ, खयर, करम र वन्यजन्तुहरुमा मृग,स्याल, दुम्सी, चितुवा,खरायो आदि पाईन्छ भने पन्छीहरुमा मयूर,कालिज,सुगा, ढुकुर, लुइचे लगाएत विभिन्न जातिका पन्छीहरु पाईन्छ ।
     यस वडामा सम्भावनाका अवसरहरु प्रयाप्त मात्रामा रहेको छ । स्थानिय स्तरमा उत्पादन हुने वस्तुहरुको पहिचान गरी बजार व्यवस्थापन गर्न सकेमा अर्थिक रुपामा सवल बनाउन सकिन्छ । यस वडामा रहेको सामुदायिक वन विभिन्न प्रकारका जडीबुटी, ढुंगा, वालुवालाई राम्ररी उपयोग र नियन्त्रण गर्न सकेमा थप आम्दानीको श्रोत र रोजगारी सृजना हुने देखिन्छ ।
     यस वडाका बासिन्दाहरु हिन्दु धर्मावलम्बी छन् । विशेष हिन्दुहरुको महान चाड दशै, तिहार, माघेसङ्क्रान्ति तिज आदि चाडपर्वहरु मनाउने गर्दछन भने यस वडामा दनुवार समुदायको बाहुल्यता रहेकोले महिलाहरुले एकादशी भव्यतासाथ मनाउने गर्दछन । यस वडाका सबै जातिहरुले आ–आफ्नो धर्म अनुसारको चाडपर्वहरु मनाउने गर्दछन । यस वडाको डकाहा बजारमा वर्षेनि बालाचर्तुदशी मेला लाग्ने गर्दछ। सो मेलामा टाढा टाढाका मानिसहरु आउने गर्दछन् ।
     यस वडाका मनिसहरुले पोशाकको रुपमा महिलाहरुले साडी, चोला,े कुर्था सूरुवाल लगाउने गर्दछन् भने पुरुषहरुले कमिज, सुरुवाल, सर्ट, पेन्ट,स्टकोट लगाएतका मौलिक पहिरनहरु लगाउने गर्दछन् भने शहरी र आधुनिकिकरणको कारणले अहिलेका नयाँ पुस्ताका युवा युवतिहरुले प्यान्ट, टिसटर्, सटर्, सुट लगाएत जिन्सका पहिरनहरु लगाउने गर्दछन । वडाका सम्पुर्ण मानिसहरुले मातृभाषाको रुपमा आ–आफ्नो भाषा प्रयोग गरेता पनि समग्रमा सबैले बोलीचालीको भाषामा नेपाली भाषानै प्रयोग गर्ने गर्दछन् ।
     यस वडाको जनसंख्या ४०३२ रहेको छ जसमा महिला २१४२ र पुरुष १८९० रहेका छन् भने यस वडामा १ बहुमुखी क्याम्पस ३ मा.वि. र २ प्रा.वि.स्कुल रहेको छ । यस वडामा शिक्षा,बाटो निर्माण, खानेपानी सिचाई तथा विद्युतमा विशेष जोड दिईएता पनि खानेपानीको भने करोडौको लगानी खेर गई उपभोत्ताहरुले सफा र स्वच्छ पानी प्रयोग गर्न भने पाईरहेका छैनन् ।

 

जनप्रतिनिधिहरुको विवरण

सि.नं. पद नाम  सम्पर्क नं.
४ नं. वडा अध्यक्ष रित बहादुर विश्वकर्मा ९८५४०४२००४
४ नं. वडा सदस्य केदारनाथ बास्तोला ९८२४८९२०४५
४ नं. वडा सदस्य शर्मा अधिकारी  ९८००८३१६४१
४ नं. वडा सदस्य पुष्पा कुमारी धामी ९८२६८४७८३१
४ नं. वडा सदस्य विन्दा कुमारी विश्वकर्मा ९८४४२९३२०१

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम पद सम्पर्क नं.
गोबिन्द प्रसाद निरौला  वडा सचिव  ९८४००६०१७६
सुनिता खड्का  स.कम्प्युटर अप्रेटर ९८१२१९६०७५
यशोदा पाण्डे ना.प्रा.स.(कृषि) चौथो ९८०७८६५७०
नारायण लामा  ना.प.से.प्रा.(पशु सेवा) ९८४४२००९६५
नारायण कुमर कार्यालय सहयोगी ९८१९६७९३७०

 

Nepali
जनसंख्या: 
४,०३२ (पुरुष: १,८९०, महिला: २,१४२)
सम्पर्क नम्बर: 
9854042004
Weight: 
0