FAQs Complain Problems

वडा नं. १३ को कार्यालय, अरुणठाकुर

दुधौली नगरपालिका वडा नं. १३, अरुणठाकुर दुधौली नगरपालिकाको १४ वटा वडा मध्यको एक वडा हो जुन साबिक अरुणठाकुर गा.वि.स. का वडा नं. १ दखि ९ सम्मका ९ वटा वडाहरु समावेश भएर बनेको वडा हो । यस वडाको भौलिक अवस्था ठूलाठूला चट्टानले बनेको डाँडाकाँडा, पहाडपर्वत र हरियो बनले घेरिएको छ । यस वडाको क्षेत्रफल ... छ भने ११६९ घरधुरी र ५,७६६ जनसंख्या छ । यस वडामा मगर, तामाङ, क्षेत्री, सुनुवार, बाहुन, विश्वकर्मा, परियार, नेवार, राई र गुरुङ्ग समुदायहरुका बसोबास रहेको छ । यस वडाको मुख्य नगदेबाली जुनार र अदुवा हो । यस वडालाई पूर्वमा दु. न. पा. वडा नं. १४, पश्चिममा दु.न.पा. वडा नं. १२, दक्षिणमा दु.न.पा. वडा नं. ५ र १० र उत्तरमा फिक्कल गाउँपालिकाको सिमानाले छोएको छ । यस वडामा ठाकुर गुफा मन्दिर र प्राचिनकालमा ठाकुर स्नान गर्ने करिव ७५०० बर्ग मिटरको ठाकुर पोखरी रहेको छ र यसै ठाकुर गुफा शिर भएर ठाकुर खोलाको उत्पति भएको छ , यसै खोलाको नामाकरणबाट यस वडाको नाम अरुणठाकुर रहन गएको हो । पहिलेका बुढापाकाका भनाई अनुसार, स्वच्छ मनले चिताएको कुरा यस ठाकुर मन्दिरमा गएर मागे पुरा हुने गरेको पाईन्छ । यस वडा सौन्दर्य पहाडपर्बतले वनेको हुनाले पर्यटकीय स्थल बन्ने ठूलो सम्भावना रहेको वडा हो । भौगोलिक रुपमा दुर्गम इलाका भएकोले यस वडामा शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार जस्ता विकासका पूर्वाधारबाट निकै पछि छ । यस वडालाई भबिष्यका दिनहरुमा नगरपालिकाले सुसम्पन्न वनाउने हो भने पर्यटकीय स्थल बनाएर आयआर्जन गर्न सक्ने ठूलो सम्भावना वोकेको छ ।

जनप्रतिनिधिहरुको विवरण

क्र.सं. पद नाम  सम्पर्क नं.
१३ नं. वडा अध्यक्ष दिपक खड्का ९८५४०४२०१३
१३ नं. वडा सदस्य इन्द्र बहादुर मोक्तान ९८६९८८९०८३
१३ नं. वडा सदस्य चित्र बहादुर कार्की ९८२३४१५१८१
१३ नं. वडा सदस्य विष्णुमाया बि.क. ९७४९८७४८०२
१३ नं. वडा सदस्य टेक कुमारी बुढाथोकी ९८४३३३९५११

 

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम पद सम्पर्क नं.
मोहन बहादुर मगर  वडा सचिव ९८४४०८४९०९
लेख बहादुर देबकोटा  स.कम्प्युटर अप्रेटर ९८०७२१२८१४
मनोज अधिकारी  कार्यालय सहयोगी   

 

Nepali
जनसंख्या: 
५,७६६ (पुरुष: २,७४२, महिला: ३,०२४)
सम्पर्क नम्बर: 
९८५४०४२०१३
Weight: 
0