FAQs Complain Problems

वातावरण तथा विपद व्यपस्थापन शाखा

जैविक फोहर ब्यबस्थापनको लागि कम्पोस्ट मल, गड्यौले मल र कौशी खेति/करेसाबारी सम्बन्धि तालिम सम्पन्न |

दुधौली नगरपालिकालाई वातावरणमैत्री नगरको रुपमा विकास गर्ने उदेश्यका साथ वातावरण बिभाग सँगको समन्वयमा फोहरजन्य क्रियाकलाप नियमन तथा नियन्त्रण अन्तर्गत क्म्पोस्टिंग, भर्मीकम्पोस्टिंग र कौशी खेति सम्बन्धि एक-एक दिने तालिम मिति २०७६/०१/१६ देखि १९ सम्म  दुधौली नगरपालिकाका ४ वटा वडा क्रमशः ११, ६, ४ र ९ मा सम्पन्न भयो l सो कार्यक्रममा प्रशिक्षक को रुपमा वातावरण बिभागका वातावरण निरीक्षक श्री राजेश्वर पौडेल, वातावरण बिभागकै वातावरण निरीक्षक गोविन्द प्रसाद लामिछाने र दुधौली नगरपालिकाका वातावरणबिद् श्री रामचन्द्र सुबेदी रहनुभएको थियो l पहिलो दिनको कार्यक्रम मिति २०७६/१/१६ गते वडा नं  ११ को शनिबारे बजार

नगर प्रहरीहरु तथा सरसफाई सहजकर्ताहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न |

दुधौली नगरपालिकाका नगरप्रहरी र सरसफाई सहजकर्ताहरुलाई वातावरण तथा फोहरमैला ब्यबस्थापन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम मिति २०७६ साल बैशाख महिनाको ६ गते शुक्रबारको दिन सम्पन्न गरियो l कार्यक्रममा १४ वटै वडाका सरसफाई सहजकर्ताहरु, नगर प्रहरीहरु र सरसफाई सम्बन्धित चालकहरुको उपस्थिति रहेको थियो l कार्यक्रमको संचालन वातावरण शाखा प्रमुख वातावरणविद श्री रामचन्द्र सुबेदी ले गर्नु भएको थियो l प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र पौडेलले दुधौली नगरपालिका वातावरणमैत्री नगरपालिका बनाउने नीतिका साथ अगाडी बढेको हुदाँ सबैजना ले आआफ्नो वडामा सक्रिय रुपमा फोहरमैला ब्यबस्थापन कार्य तथा वातावरणमैत्री सू

नगरपालिकाका १४ वटै वडामा वातावरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न |

दुधौली नगरपालिकालाई वातावरणमैत्री नगरको रुपमा विकास गर्ने उदेश्यका साथ दुधौली नगरपालिका वातावरण, फोहरमैला तथा विपद ब्यबस्थापन शाखाको आयोजनामा दुधौली नगरपालिकाका १४ वटै वडामा गठन भएका टोल सुधार संस्थाका सदस्यहरुलाई वातावरणमैत्री टोल निर्माण, वातावरणमैत्री सूचक, फोहरमैला ब्यबस्थापन, जैविक फोहर ब्यबस्थापन, जलबायु परिबर्तन र यसको असर नियुनिकरण सम्बन्धि बिषयमा १४ वटै वडामा एक-एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो भने वातावरण सम्बन्धि काम गर्न अग्रसर भएका टोलहरुलाइ टोल तहमा पुन एक दिने वातावरणमैत्री टोल निर्माण, टोल सुधार संस्थाको आबस्यकता र महत्व, फोहरमैला ब्यबस्थापन, प्लाष्टिकजन्य फोहर को

स्रोत घर बगैंचा ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न |

दुधौली नगरपालिकालाई वातावरणमैत्री नगरको रुपमा विकास गर्ने उदेश्यका साथ दुधौली नगरपालिका वातावरण, फोहरमैला तथा विपद ब्यबस्थापन शाखाको आयोजनामा ५ दिने स्रोत घर बगैंचा ब्यबस्थापन सम्बन्धि तालिम कार्यक्रम मिति २०७५/११/२५ देखि २९ सम्म दुधौली स्वास्थ्य चौकीको सभा हल मा सम्पन्न गरियो l नगरपालिकाको एक घर एक बगैंचा नीतिलाई सार्थकता दिने उदेश्यका साथ नगरपालिकाका बिभिन्न वडाका २२ जना किसान लाई स्रोत घर बगैंचा ब्यबस्थापन सम्बन्धि तालिम प्रदान गरियो l यस तालिमलाई वातावरणबिद् श्री रामचन्द्र सुबेदीले सहजीकरण गर्नुभएको थियो l प्रशिक्षकको रुपमा ली-बर्ड बाट शम्भु बस्नेत र इको सान स्रोत केन्द्रका श्रीरेन्द्र