दुधौली नगरपालिका अन्तर्गत वडा नंं. ११ टाँडी गाँउमा अवस्थित वडा नं. ११ को कार्यालय तीन ओटा कोठा भएको पक्की भवन रहेको छ । यस वडा कार्यालयमा अध्यक्ष श्री कुमार लामा, सदस्य श्री बद्री कुमर दनुवार, सदस्य श्री हरीबहादुर बुर्जा मगर, सदस्य श्री कमला वि.क., र सदस्य श्री जुनामाया सुनुवार गरी ५ जना वडा प्रतिनिधिहरु छन् भने वडा सचिव श्री बद्रिनारायण अधिकारी, कम्प्युटर अपरेटर बिनोज कुमर दनुवार, परिचालक निर्मला श्रेष्ठ, सामाजिक कार्यकर्ता शिला बराल, कार्यालय सहयोगी श्रीलाल अधिकारी र नगर प्रहरी प्रितम तामाङ गरी ६ जना कर्मचारीहरु रहेका छन् ।
यस दु.न.पा. वडा नं. ११ पूर्वमा कमला नदी तथा वडा नं. ९ र उदयपुर जिल्लाको सिमाना , पश्चिममा सामुदायिक वन तथा वडा नं. ६ को सिमाना, उत्तरमा कमला नदी तथा वडा नं. १० र दक्षिणमा सामुदायिक वन तथा चुरे पहाडको सिमानामा फैलिएको छ । लभाहा देखि तल्लो धनसरीसम्म फैलिएको यस वडामा विभिन्न जातजाति, सस्कृति, भाषा तथा विभिन्न धर्मका वासिन्दाहरु बसोबास गर्दै आएका छन् । कतिपय मानिसहरु अन्य ठाँउबाट वसाईसराई गरी आएका छन् भने कतिपय यसै स्थानका बासिन्दा पनि छन् । यस वडाका अधिकांश मानिसहरु कृषि पेसा गरेर आपm्नो जिविकोपार्जन गरिरहेका छन् भने कयौं मानिसहरु विदेशिएका पनि छन् । यस वडामा रहेका मानिसहरु शिक्षक, डाक्टर, इन्जिनियर, तथा अन्य सरकारी रोजगारमा संलग्न भएता पनि यस वडाको प्रमुख पेसा कृषि नै हो ।
दुधौली नगरपालिकाको जनसंख्यामध्ये सबैभन्दा धैरै जनसंख्या भएको वडा दु.न.पा. ११ हो । ब्राह्मण, क्षेत्री, दनुवार, मगर, नेवार, माझी, राई, सुनुवार, तामाङ, कामी, दमाई, मुसहर आदी जातिहरु यस वडाका प्रमुख वासिन्दाहरु हुन् । यस वडामा वस्तीहरु कमला नदीको किनारमा कतै बाक्लो बस्ती छन् भने कतै पातलो बस्ती रहेको छ । वर्षातको समयमा यस वडाका बस्तीहरु त्रसित भएर बसिरहेका छन् । कमला नदीको कटानले गर्दा बस्तीहरु दुब्ने तथा बस्ती नै बगाउने सम्भावना देखिन्छ । त्यति मात्र नभएर साना साना खहरेहरुले पनि बस्तीहरु तथा धन सम्पतिको क्षति गर्ने सम्भावना देखिन्छ ।
यो वडा निकै नै ठुलो क्षेत्रफलमा फैलिएर रहेको छ । प्रायः यस वडाका जमिनहरु खेती योग्य रहेको छ । उचित तरिकाले पानीको व्यवस्थापन गर्न सकेमा यस वडामा निकै नै आम्दानी गर्न सकिन्छ । धान, गँहु, मकै, कोदो, तोरी, दलहन आदि यस वडाका प्रमुख वालीहरु हुन् । आँप, कटहर, केरा तथा अन्य फलफुलहरु पनि उत्पादन गरिरहेका छन् । यस वडाका उत्पादनशील जमिनहरु कमला नदीको बाढीले जोखिमपुर्ण बनाएको देखिन्छ । कतिपय ठाँउहरुमा कमला नदी नियन्त्रण भएता पनि सयौं विगाहा जमिन हाल कमला नदीको कारणले मरभुमी झैँ भएको पाईन्छ । यस वडा नं. ११ मा विभिन्न सेवाहरु लिन सक्ने ठाँउहरु रहेका छन् । ४ वटा प्राथमिक विधालय र ३ वटा माध्यमिक गरी ७ वटा विद्यालय, १ वटा एम्बुलेन्स सहित स्वास्थ्य चौकी, तथा विभिन्न खेलमैदान लगायत अन्य प्रतिक्षालयहरु पनि रहेको छ ।
यस वडा सुविधायुक्त भएता पनि कमला नदीको कटान, खहरेको नियन्त्रण गर्न नसक्नु, कृषिहरुमा उचित परामर्श दिन नसक्नु, फराकिलो बाटो नहुनु जस्ता समस्याहरु यस वडाका प्रमुख समस्याको रुपमा रहेको छ । यस्ता समस्याहरु न्युनिकरणका लागि स्थानिय तथा केन्द्रयले मध्यनजर गरी समाधानको प्रयास गर्नुपर्ने हुन्छ ।
क्र.सं. | पद | नाम | इमेल | सम्पर्क नं. |
---|---|---|---|---|
१ | वडा अध्यक्ष | श्री कुमार लामा | ९८५४०४२०११ | |
२ | वडा सदस्य | श्री हरी बहादुर वुर्जामगर | ९८४२९७९६७२ | |
३ | वडा सदस्य | श्री वद्रि कुमर दनुवार | ९८२४१९२०९२ | |
४ | वडा सदस्य | श्री जुनमाया सुनुवार | ९८१८०३५६९३ |
क्र.सं. | पद | नाम | इमेल | सम्पर्क नं. |
---|---|---|---|---|
१ | वडा सचिव (स. स्त. तृतीय) | बद्रीनारायण अधिकारी | ९८४४२७२०१३ | |
२ | कम्प्युटर अप्रेटर | बिनोद कुमार दनुवार | ९८११७४८९८९ | |
३ | कार्यालय सहयोगी | श्रीलाल कुमर |