सिन्धुली जिल्लाको दुधौली नगरपालिका अन्तर्गतको सुदुर पूर्वमा पर्ने वडा न. १४ ककुरठाकुर एक बहु जाति,बहु भाषिक , बहु धार्मिक ,बहु संस्कृतिले भरिपुर्ण वडा हो | यस वडामा ब्राम्हण, क्षेत्री, दलित र बिशेष बसोबास र बाहुल्यता जनजाती (तामांग , मगर ,सुनुवार , राइ )आदिको रहेको पाइन्छ | यस वडा प्रदेश नं १ र प्रदेश नं ३ को सिमाना भइ बगेको उत्तरपूर्वमा सिन्कौले खोला हुदै पूर्वमा ककुरखोला तथा कटारी नगरपालिका उदयपुर रहेको छ भने पश्चिममा दु.न.पा. १३ र दु.न.पा. ०७ को सामुदायिक वनको सिमाना उत्तरमा फिक्कल गाउपालिका छ भने दक्षिणमा तावा खोला र ककुर खोला दोभानबाट दु.न.पा. ०७ को सिमाना रहेको छ | यो वडा दुधौली नगरपालिकाको भौगोलिक र आर्थिक रुपले सबै भन्दा ठुलो र धनि वडा हो |
यस वडामा ३ वटा गुम्बा , २ वटा सेमिङ्चोङ् (श्वोर्गीक मार्ग संघ),३ वटा मन्दिर, ५६६७ जना जनसंख्या र १ वटा अस्पताल रहेको छ |
यस वडाको प्राकृतिक रुपमा रहेको ‘शिकारी’ ढुंगा र चुन ढुंगा खानी पर्यटकिय बिकाशको सम्भाबना बोकेको देखिन्छ | यस वडाको भूगोल केहि भाग समथल रहेता पनि धेरै जसो भाग पहाड र चट्टानले बनेको छ | यस क्षेत्रमा सिचाइको सुबिधा केहि ठाउमा रहेता पनि केहि भाग सुख्खा रहेको छ | शुद्ध खानेपानि, सडक , बिधुत, शिक्षा जस्ता भौतिक पूर्वाधारहरुको पर्याप्त पहुच केहि ठाउँमा नरहेता पनि सौर्य उर्जाको सुबिधा सम्पन्न रहेको छ | संचार क्षेत्रमा नेपाल टेलिकम, स्काई, स्मार्ट र एनसेलको टावर रहेको र यस क्षेत्रको मुख्य उत्पादन धान,अदुवा,मकै,कोदो आदि रहेको पाइन्छ | यस वडाको खनिज पदार्थ चुन ढुंगा (Limestone) लाई दुधौली नगरपालिकाले आफ्नै स्थानीय ठाउमा कम्पनि स्थापना गर्नका लागि ध्यान आकर्षण गरे १४ वटा वडाका बेरोजगारि युवाहरु तथा अन्य युवाहरु विदेश पलाएन हुनु नपर्ने र यस दुधौली नगरपालिकाको आर्थिक देखि सबै क्षेत्रमा टेवा पुग्ने सम्भाबना र उदेश्य बोकेको छ |
जनप्रतिनिधिहरुको विवरण
| क्र.सं. | पद | नाम, थर | सम्पर्क नं. |
| १ | वडा अध्यक्ष | भैर बहादुर पुलामी मगर | ९८५४०४२०१४ |
| २ | वडा सदस्य | तारा बहादुर खड्का | ९८४२९९८१४१ |
| ३ | वडा सदस्य | भेष कुमार कार्की | ९८६११८५८४९ |
| ४ | वडा सदस्य | सिता कुमारी आले मगर | ९८६३८२२९४४ |
| ५ | वडा सदस्य | मिना कुमारी परियार | ९८४२१६६२२५ |
कार्यरत कर्मचारीहरूको विवरण
| क्र.सं. | नाम, थर | पद | सम्पर्क नं. | कैफियत |
| १ | चलित्र कुमर | वडा सचिव | ९८१५८३३७३३ | |
| २ | हेमन्त सुनुवार | स.कम्प्युटर अप्रेटर | ९८४२९६२६१८, ९८१०३६४५४० | |
| ३ | ईश्वर पोखरेल | अ.स.ई. | ....... | थप जिम्मेवारी |
| ४ | धने दमै | कार्यालय सहयोगी | ९८६२८२७६७९ |