FAQs Complain Problems

संक्षिप्त परिचय (Introduction)

सिन्धुली जिल्ला अन्तर्गत साविक दुधौली, टाँडी र लदाभीर गाविसहरु समावेश गरी नेपाल सरकारको २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार दुधौली नगरपालिकाको स्थापना भएकोमा नेपालको संविधान को धारा २९५ को उपधारा ३ बमोजिम गठीत गाउँ पालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन बमोजिम नेपाल सरकारको मिति २०७३ फाल्गुण २२ को निर्णय बमोजिम साविक दुधौली नगरपालिका र हत्पते, निपाने, सिर्थौली, हर्षाही, अरुणठाकुर, ककुरठाकुर र जिनाखु गाविसहरु समावेश गरी स्थानीय तहको रुपमा यो नगरपालिका कायम भएको छ । यस नगरपालिकाको सिमाना मध्ये पूर्वमा उदयपुर जिल्ला, पश्चिममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिका, उत्तरमा सिन्धुली जिल्लाकै फिक्कल र तीनपाटन गाउँपालिका  र  दक्षिणमा धनुषा र उदयपुर जिल्ला रहेको छ । यस नगरपालिकाको भौगोलिक क्षेत्रफल ३९०.३९ वर्ग किलोमिटर र जनसंख्या (२०६८ को जनगणना अनुसार) ६५३०२ रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ भने यस नगरपालिकाको केन्द्र साविक दुधौली नगरपालिकाको कार्यालय रहेको स्थान दुधौली वजारमा रहेको छ ।

 

दुधौली नगरपालिकाको नक्सा