सिन्धुली जिल्लाको ७ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये दुधौली नगरपालिका भित्र पर्ने ४ नं. वडा पनि एक हो । बाहुन, क्षेत्री, मगर, सुनुवार, दलितहरुको बसोबास रहेता पनि यस वडामा आदिबासी दनुवार जातिको संख्या अधिक रहेको छ । मुख्य पेशा कृषी भए पनि व्यापार लगाएत अन्य पेशा गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । यस वडा चुरे, पहाड र कमला नदीको उत्तर तर्फ रहेको छ । यहाको जग्गा जमिन केही भू–भाग भिरालो र खेति योग्य समथर रहेको छ । यस वडाको तल देखि माथि सम्मनै धरान चतरा – (मदन भण्डारी राजमार्ग¬) सडकले छोएको छ भने गाउँ वा टोल टोलमा ६ देखि ८ मिटर सम्मनको बाटो निर्माण भएको जसले गर्दा मानिसहरुलाई आवात जावात गर्न कठिनाई भएको देखिन्दैन । अधिकाँस जमिनमा कमला नदीको पानीले सिचाई सुविधा उपलब्ध छ भने थोरै जमिन आकाशे पानीमा निर्भर रहनु परेको छ । यस वडाको पूर्वमा ५ नं. वडा, पश्चिममा दुधौली नगरपालिकाको १ नं. वडा, दक्षिणमा कमला नदी, दुधौली नगरपालिकाको ३ नं. वडा, ६ नं. वडा र उत्तरमा तिनपाटन गाउँपालिका भित्र पर्ने साविक आम्बोटे गा.वि.स.पर्दछ । वर्षादको समयमा खोलामा आएको बाढीले गर्दा छिमेकी वडाहरुमा आवात जावात गर्न कठिनाई हुन्थ्यो भने हाल बनेको जगाडी खनिया जोडिने पक्कि पुल र ठाकुर खोला पक्कि पुल निर्माणको कारणले धेरैनै सहज भएको छ ।
यस वडाको प्रायः जसो भू–भाग समथर रहेता पनि अधिकाँस भूभाग जङ्गलले ढाकेको भिरालो डाँडाकाँडा रहेको छ । यहाको जङ्गलमा साल, साज लगाएतका काठहरु पाइन्छ । यो वडा समुद्रसतहदेखि १८० देखि २९० मिटरको उचाईमा रहेको छ । यस वडामा पाईने वनस्पतिहरुमा साल, सिसौ, खयर, करम र वन्यजन्तुहरुमा मृग,स्याल, दुम्सी, चितुवा,खरायो आदि पाईन्छ भने पन्छीहरुमा मयूर,कालिज,सुगा, ढुकुर, लुइचे लगाएत विभिन्न जातिका पन्छीहरु पाईन्छ ।
यस वडामा सम्भावनाका अवसरहरु प्रयाप्त मात्रामा रहेको छ । स्थानिय स्तरमा उत्पादन हुने वस्तुहरुको पहिचान गरी बजार व्यवस्थापन गर्न सकेमा अर्थिक रुपामा सवल बनाउन सकिन्छ । यस वडामा रहेको सामुदायिक वन विभिन्न प्रकारका जडीबुटी, ढुंगा, वालुवालाई राम्ररी उपयोग र नियन्त्रण गर्न सकेमा थप आम्दानीको श्रोत र रोजगारी सृजना हुने देखिन्छ ।
यस वडाका बासिन्दाहरु हिन्दु धर्मावलम्बी छन् । विशेष हिन्दुहरुको महान चाड दशै, तिहार, माघेसङ्क्रान्ति तिज आदि चाडपर्वहरु मनाउने गर्दछन भने यस वडामा दनुवार समुदायको बाहुल्यता रहेकोले महिलाहरुले एकादशी भव्यतासाथ मनाउने गर्दछन । यस वडाका सबै जातिहरुले आ–आफ्नो धर्म अनुसारको चाडपर्वहरु मनाउने गर्दछन । यस वडाको डकाहा बजारमा वर्षेनि बालाचर्तुदशी मेला लाग्ने गर्दछ। सो मेलामा टाढा टाढाका मानिसहरु आउने गर्दछन् ।
यस वडाका मनिसहरुले पोशाकको रुपमा महिलाहरुले साडी, चोला,े कुर्था सूरुवाल लगाउने गर्दछन् भने पुरुषहरुले कमिज, सुरुवाल, सर्ट, पेन्ट,स्टकोट लगाएतका मौलिक पहिरनहरु लगाउने गर्दछन् भने शहरी र आधुनिकिकरणको कारणले अहिलेका नयाँ पुस्ताका युवा युवतिहरुले प्यान्ट, टिसटर्, सटर्, सुट लगाएत जिन्सका पहिरनहरु लगाउने गर्दछन । वडाका सम्पुर्ण मानिसहरुले मातृभाषाको रुपमा आ–आफ्नो भाषा प्रयोग गरेता पनि समग्रमा सबैले बोलीचालीको भाषामा नेपाली भाषानै प्रयोग गर्ने गर्दछन् ।
यस वडाको जनसंख्या ४०३२ रहेको छ जसमा महिला २१४२ र पुरुष १८९० रहेका छन् भने यस वडामा १ बहुमुखी क्याम्पस ३ मा.वि. र २ प्रा.वि.स्कुल रहेको छ । यस वडामा शिक्षा,बाटो निर्माण, खानेपानी सिचाई तथा विद्युतमा विशेष जोड दिईएता पनि खानेपानीको भने करोडौको लगानी खेर गई उपभोत्ताहरुले सफा र स्वच्छ पानी प्रयोग गर्न भने पाईरहेका छैनन् ।
जनप्रतिनिधिहरुको विवरण
सि.नं. | पद | नाम | सम्पर्क नं. |
१ | ४ नं. वडा अध्यक्ष | रित बहादुर विश्वकर्मा | ९८५४०४२००४ |
२ | ४ नं. वडा सदस्य | केदारनाथ बास्तोला | ९८२४८९२०४५ |
३ | ४ नं. वडा सदस्य | शर्मा अधिकारी | ९८००८३१६४१ |
४ | ४ नं. वडा सदस्य | पुष्पा कुमारी धामी | ९८२६८४७८३१ |
५ | ४ नं. वडा सदस्य | विन्दा कुमारी विश्वकर्मा | ९८४४२९३२०१ |
कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं. | नाम | पद | सम्पर्क नं. |
१ | गोबिन्द प्रसाद निरौला | वडा सचिव | ९८४००६०१७६ |
२ | सुनिता खड्का | स.कम्प्युटर अप्रेटर | ९८१२१९६०७५ |
३ | यशोदा पाण्डे | ना.प्रा.स.(कृषि) चौथो | ९८०७८६५७० |
४ | नारायण लामा | ना.प.से.प्रा.(पशु सेवा) | ९८४४२००९६५ |
५ | नारायण कुमर | कार्यालय सहयोगी | ९८१९६७९३७० |