सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीबाट अवस्थित दुधौली नगरपालिको ३ नं. वडाको कुल क्षेत्रफल १९००० हेक्टरमा फैलिएको छ । यस वडाको पूर्वमा सिन्धुली जिल्ल्लाको दुधौली नगरपालिका ६ नं. वडा हर्षाही , पश्चिममा कमलामाई नगरपालिका १४ नं. वडा चन्दनपुर , दक्षिणमा २ नं. प्रदेशको धनुषा जिल्ला र चुरे पहाड , उत्तरमा कमला नदी र दु .न.पा. १ र २ नं. वडा हत्पते पर्दछ । भौगोलिक हिसाबले सुगम मानिएतापनि सिन्धुली सदरमुकामदेखि ३७ किलोमिटर दुरीमा यो वडा रहेको छ भने दुधौली नगरकार्यापालिकाको कार्यालयदेखि .......... किलोमिटरमा पर्छ । यो वडामा विभिन्न जातजातिहरुको बसोवास रहेको पाइन्छ । बाहुन , क्षेत्री , दनुवार , मगर , सुनुवार , माझी , दलितहरुको बसोवास रहेतापनि यस वडामा आदिवासी दनुवार जातिको वाहुल्य रहेको छ । मुख्य पेशा कृषि भएतापनि व्यापार एवम् वैदेशिक रोजगारीमा जानेको संख्या पनि उल्लेख्य रहेको देखिन्छ ।
यो वडामा चुरे पहाडको काखमा अवस्थित रहेको छ । यहाँको जमीन केही भू— भाग भिरालो र खेती योग्य समथर रहेको छ भने अधिकाशं भू— भाग चुरे जंगलले ढाकेको छ । यस ३ नं. वडाको ग्राभेल मोटरबाटो निर्माण भएको छ । झुङ्गा धनसरी सडग मोटरबाटोले सबै गाउँलाई छोएको छ जसले गर्दा मानिसहरुलाई १२ महिना सदरमुकाम सिन्धुलीमाढी लगायत अन्यत्र आवजावत गर्न सजिलो भएको छ ।
यो वडा समुद्री सतहदेखि १८०ड्ढ देखि २९०ड्ढ को उचाईमा रहेको छ भने ८६.१८ उत्तरी आक्षांशदेखि २६.५ देखि २७.१ पूर्वी देशान्तरमा फैलिएको छ । यस वडाको हावापानी उष्ण किसिमको छ । यस वडामा पाईने वनस्पतिहरुमा साल , सिसौ , खयर , करम , साज , वन्यजन्तुहरुमा मृग , स्याल दुम्सी , चितुवा खरायो , भालु आदि पाईन्छ । त्यस्तै पंक्षीहरुमा मयुर , कालिज , सुँगा , ढुकुर , रुपी , वकुला लगायतका अन्य विभिन्न जातजातिको पंक्षीहरु प्नि पाइन्छन् । प्रमुख नदीमा यहाँ कमला नदी रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि
हरियो वन नेपालको धन भनेझैं हरियो वनको हरियाली स्वच्छ हावापानी र रमणीय दृष्ययुक्त यस वडा कमला नदिको सुसेली अत्यन्तै शान्त र हराभरामय रहेको छ । धार्मिक दृष्टिकोणले हत्पतेको मधुगंगाको तिर्थस्थल जानुअघि एक शिव मन्दिरमा भक्ति पूजा गर्न विभिन्न जिल्लाका भक्तजनहरु र छिमेकी मुलुक भारतका तीर्थयात्रीहरु पनि यस वडाको मन्दिरमा आउने गर्दछन् । लामा वस्तीहरुको वाहुल्यता एउटा गाउँ भएकाले त्यस स्थानमा रहेको गुम्बाहरुको अवलोकन गर्न पनि केही व्यक्तिहरु आउने गर्दछन् ।
प्रशासनिक अवस्थिति
वडाभित्रका जनतालाई स्वास्थ्य , शिक्षा , खानेपानी , आदि दैनिक प्रशासकीय कार्य जस्ता सेवा प्रवाहका निमित्त वडा कार्यालय , विद्यालय , हेल्थपोष्ट लगायतका कार्यालहरु सञ्चालनमा छन् । त्यस्तै अतिरिक्त हुलाक कार्यालय , जनजागरण युवा क्लव , दर्ता नभएका अन्य क्लवहरु समेत सक्रिय रुपमा सञ्चालनमा छन् । कृषि प्राङ्गारिक सहकारी , आमा समूह , महिना समूह करिव आधा दर्जन सामाजिक गैर सहकारी संघ संस्थाहरु तथा व्यवसायिक संघ संस्थाहरुले स्थानीय वासिन्दाहरुलाई विभिन्न विभिन्न सेवा पु¥याईरहेका छन् ।
सामाजिक संस्कृतिक अवस्था
दनुवार जातिको वाहुल्यता रहेको यस वडामा मगर , तामाङ , माझी , बाम्ह्ण , क्षेत्री , नेवार कामी ,दमाई साकी सुनुवार आदिको मिश्रित उपस्थिति रहेको छ । नेपाली भाषाको अतिरिक्त मगर तामाङ , नेवार लगायतका मतृभाषा प्रचलनमा रहेको देखिन्छ । भाषागत रुपमा हेर्दा यस वडामा ४३% दनुवार ३०% नेपाली २०.८% तामाङ ५% नेवार र १.२% अन्य भाषाहरुबोल्ने गरेको प्रारम्भिक सर्वेक्षणको देखाएको छ ।
जाति विवरण |
संख्या |
जनजाती |
४६८ |
दलित |
१०३ |
अन्य |
२०९ |
जम्मा घरधुरी |
७८० |
पुरुष |
महिला |
जम्मा |
१,६०२ |
१,८१६ |
३,४१८ |
धार्मिक समुदायका हिसाबले करिब ७९% हिन्दु धर्मलाई अवलम्बन गर्ने र २०.५% वौद्ध धर्म र ०.५% अन्य धर्म मान्ने परिवार रहेको देखिन्छ । गुठीद्धारा सञ्चालित १ मन्दिरमा पूजाआज गर्ने गरिन्छ । दशै , तिहार जस्ता पर्वलाई मुख्य चाडको रुपमा मनाउने गरिन्छ भने माघे संक्रान्ति , चैते दशैं र फागु पुर्णिमा एकादशि जस्ता अन्य पर्वहरुलाई पनि संस्कारको रुपमा मनाउने चलन रहेको पाइन्छ । खानपान , रहन सहन , भेषभुषा , सामाजिक व्यापार एवं रीति आदिमा आय र मंगो सभ्यता दुवैको मिश्रित प्रभाव रहेको पाइन्छ । अन्य जाति विवाहको प्रचलनलाई युवा पुस्ताले थोर वहुत रुपमा नै भएपनि प्रश्रय दिएको पाईन्छ र यसलाई क्रमश ः सहजीकरण गर्दै स्वीकर्ने प्रयत्न गरेको पाइन्छ । सिन्धुली सदरमुकामको अप्रत्यक्ष प्रभाव र स्थानीय डकाहा बजार र गागंन वजारको प्रभावको प्रत्यक्ष प्रभावको कारण केही युवाहरु कुलतको प्रभाव क्रमश पर्न थालेको देखिन्छ । धार्मिक सहिष्णुता रहेकोले हिन्दु र वौद्ध धर्म मान्ने मानिसहरु दुवैको धार्मिक कार्यक्रमहरुमा समानरुपले उपस्थिति रहेको देखिन्छ ।
यहाँका मानिसहरुले नेपाली खाना नै खाने गरेको र तामाङ जातिमा आफ्नै किसिमको खानाको परिकार खाने गरिन्छ । यहाँका गाउँलेहरुमा तामाङ महिलाले घलेक , गाउन , पटुकी , चोलो र किढील लगाउँछन् । भने अन्य जातिले फरिया , चोलो आदि लगाउने गरेको पाइएता पनि साडी कुर्था सुरुवाल लगाउने बढी रहेको पाईन्छ । पुरुषले दौरा , कछाड , स्टकोट , कमिज , टोपी समेत लगाउने गरेको पाइन्छ ।
जनप्रतिनिधिहरुको विवरण
क्र.सं. | पद | नाम | सम्पर्क नं. |
१ | वडा अध्यक्ष | भद्रा कुमारी माझी | ९८५४०४२००३ |
२ | वडा सदस्य | राम एकुवाल थारु | ९८०९६८६४१७ |
३ | वडा सदस्य | डुकिन्द्र कुमर | ९८१९६८७५६५ |
४ | वडा सदस्य | चप्टी अधिकारी | ९८१३१४२५८९ |
५ | वडा सदस्य | पवि विश्वकर्मा | ९८०७८७८७१२ |
कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं. | नाम | पद | सम्पर्क नं. |
१ | मोहन बहादुर लामा | वडा सचिव | ९८१६८९८७०२ ९८४४०९२३१० |
२ | मनोज कुमार माझी | स.कम्प्युटर अप्रेटर | ९८१७८२०१०७ ९८४९२३५७८१ |
३ | रमा गौतम | ना.प्रा.स.(कृषि) चौथो | ९८१९६८३७०२ |
४ | मिन बहादुर रमौली मगर | कार्यालय सहयोगी | ९८१३३५३००८ |