दुधौली नगरपालिका वडा नं. १३, अरुणठाकुर दुधौली नगरपालिकाको १४ वटा वडा मध्यको एक वडा हो जुन साबिक अरुणठाकुर गा.वि.स. का वडा नं. १ दखि ९ सम्मका ९ वटा वडाहरु समावेश भएर बनेको वडा हो । यस वडाको भौलिक अवस्था ठूलाठूला चट्टानले बनेको डाँडाकाँडा, पहाडपर्वत र हरियो बनले घेरिएको छ । यस वडाको क्षेत्रफल ... छ भने ११६९ घरधुरी र ५,७६६ जनसंख्या छ । यस वडामा मगर, तामाङ, क्षेत्री, सुनुवार, बाहुन, विश्वकर्मा, परियार, नेवार, राई र गुरुङ्ग समुदायहरुका बसोबास रहेको छ । यस वडाको मुख्य नगदेबाली जुनार र अदुवा हो । यस वडालाई पूर्वमा दु. न. पा. वडा नं. १४, पश्चिममा दु.न.पा. वडा नं. १२, दक्षिणमा दु.न.पा. वडा नं. ५ र १० र उत्तरमा फिक्कल गाउँपालिकाको सिमानाले छोएको छ । यस वडामा ठाकुर गुफा मन्दिर र प्राचिनकालमा ठाकुर स्नान गर्ने करिव ७५०० बर्ग मिटरको ठाकुर पोखरी रहेको छ र यसै ठाकुर गुफा शिर भएर ठाकुर खोलाको उत्पति भएको छ , यसै खोलाको नामाकरणबाट यस वडाको नाम अरुणठाकुर रहन गएको हो । पहिलेका बुढापाकाका भनाई अनुसार, स्वच्छ मनले चिताएको कुरा यस ठाकुर मन्दिरमा गएर मागे पुरा हुने गरेको पाईन्छ । यस वडा सौन्दर्य पहाडपर्बतले वनेको हुनाले पर्यटकीय स्थल बन्ने ठूलो सम्भावना रहेको वडा हो । भौगोलिक रुपमा दुर्गम इलाका भएकोले यस वडामा शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार जस्ता विकासका पूर्वाधारबाट निकै पछि छ । यस वडालाई भबिष्यका दिनहरुमा नगरपालिकाले सुसम्पन्न वनाउने हो भने पर्यटकीय स्थल बनाएर आयआर्जन गर्न सक्ने ठूलो सम्भावना वोकेको छ ।
जनप्रतिनिधिहरुको विवरण
क्र.सं. | पद | नाम | सम्पर्क नं. |
१ | १३ नं. वडा अध्यक्ष | दिपक खड्का | ९८५४०४२०१३ |
२ | १३ नं. वडा सदस्य | इन्द्र बहादुर मोक्तान | ९८६९८८९०८३ |
३ | १३ नं. वडा सदस्य | चित्र बहादुर कार्की | ९८२३४१५१८१ |
४ | १३ नं. वडा सदस्य | विष्णुमाया बि.क. | ९७४९८७४८०२ |
५ | १३ नं. वडा सदस्य | टेक कुमारी बुढाथोकी | ९८४३३३९५११ |
कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं. | नाम | पद | सम्पर्क नं. |
१ | मोहन बहादुर मगर | वडा सचिव | ९८४४०८४९०९ |
२ | लेख बहादुर देबकोटा | स.कम्प्युटर अप्रेटर | ९८०७२१२८१४ |
३ | मनोज अधिकारी | कार्यालय सहयोगी |
Nepali
जनसंख्या:
५,७६६ (पुरुष: २,७४२, महिला: ३,०२४)
सम्पर्क नम्बर:
९८५४०४२०१३
Weight:
0