FAQs Complain Problems

मुख्य समाचारः

दुधौली नगर अस्पताल, सिर्थौलीको समुद्घाटन

Read More

२०७९ - सार्वजनिक विद्यालय तर्फ नेपाल भरिकै सर्वोत्कृष्ट विद्यालय - श्री कमला मा.वि. मैनी :प्रथम पुरस्कार ग्रहण गर्नुहुदै दुधौली नगर प्रमुख ज्यू ।

Read More

वडा नं १३ बाट देखिने हिमाली दूश्य

Read More

निजामती सेवा दिवस २०८० को अवसरमा, दुधौली नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीहरु बीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा हामी ।

Read More

दुधौली नगरपालिका कर्मचारीहरु

Read More

२०८०/०३ /१५ - २० औँ राष्ट्रिय धान दिवस मनाउदै विद्यार्थी भाइ बहिनीहरु दनवारी पोसाकमा।

Read More

दुधौली वडा नं. २ हत्पते मा रहेको मधुगंगा महादेवको दर्शन गर्दै भक्तजनहरु ।

Read More

प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा भएको प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको दीक्षान्त समारोह ।

Read More

दुधौली नगर कार्यपालिकाको कार्यालय

Read More

संक्षिप्त परिचय (Introduction)

सिन्धुली जिल्ला अन्तर्गत साविक दुधौली, टाँडी र लदाभीर गाविसहरु समावेश गरी नेपाल सरकारको २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार दुधौली नगरपालिकाको स्थापना भएकोमा नेपालको संविधान को धारा २९५ को उपधारा ३ बमोजिम गठीत गाउँ पालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन बमोजिम नेपाल सरकारको मिति २०७३ फाल्गुण २२ को निर्णय बमोजिम साविक दुधौली नगरपालिका र हत्पते, निपाने, सिर्थौली, हर्षाही, अरुणठाकुर, ककुरठाकुर र जिनाखु गाविसहरु समावेश गरी स्थानीय तहको रुपमा यो नगरपालिका कायम भएको छ । यस नगरपालिकाको सिमाना मध्ये पूर्वमा उदयपुर जिल्ला, पश्चिममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिका, उत्तरमा सिन्धुली जिल्लाकै फिक्कल र तीनपाटन गाउँपालिका  र  दक्षिणमा धनुषा र उदयपुर जिल्ला रहेको छ । यस नगरपालिकाको भौगोलिक क्षेत्रफल ३९०.३९ वर्ग किलोमिटर र जनसंख्या (२०७८ को जनगणना अनुसार) ७०,२०७ रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ भने यस नगरपालिकाको केन्द्र साविक दुधौली नगरपालिकाको कार्यालय रहेको स्थान दुधौली वजारमा रहेको छ ।

 

दुधौली नगरपालिकाको नक्सा

 

 

दुधौली नगरपालिका घरधुरी सर्भेक्षण, २०७६ को अन्तिम प्रतिवेदन

प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना ।

सूचना तथा समाचार

जन प्रतिनिधि

दिनेश अधिकारी
नगर प्रमुख
mayor@dudhaulimun.gov.np
९८५४०४१८५१, ९८१७६९८९९३
चन्द्र किशोर थारु
उप– प्रमुख
deputymayor@dudhaulimun.gov.np
९८५४०४१८५२

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

विष्णु प्रसाद सुवेदी

प्रमुख प्रशासकीय अधिकृत

९८५४०५२१११
 

प्रवक्ता (Spokes Person)

दिपक खड्का

प्रवक्ता (Spokes Person)

९८५४०४२०१३
 

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/उपप्रमुख/नगरप्रमुख
सेवा दिने कार्यालयः- नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

    व्यहोरा खुलेको निवेदन ।
    सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
    संस्था÷फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
    संस्थाको प्रवन्धपत्र र नियमावली  र विधान ।
    अस्पताल वा स्वास्थ्य संस्था रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ।
    घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद  
    घर नक्शापास÷घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपी ।
    चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर  तिरेको रसिद ।
    अस्पताल वा स्वास्थ्य संस्था सञ्चालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र सञ्चालन सम्बन्धी प्रतिवेदन ।
    संस्थामा रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट ।
    वडा कार्यालयको सिफारिस ।
    स्थलगत प्रतिवेदन ।
    भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत) ।
    अन्य आवश्यक कागजातहरु ।

सेवा प्रकारः-
सेवा समयः- ३० दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/उपप्रमुख/नगरप्रमुख
सेवा दिने कार्यालयः- नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

    व्यहोरा खुलेको निवेदन ।
    सञ्चालक समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण ।
    सहकारी संस्था गठन गर्ने सम्बन्धमा भएको भेलाको निर्णयको प्रतिलिपी ।
    सदस्यहरुको विवरण ।
    सदस्यहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
    सहकारी संस्थाको विधान ३ प्रति ।
    सहकारी संस्था गठन सम्बन्धी अन्य कागजातहरु ।

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- नगर शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

    विद्यालय विस्तृत विवरण खुलेकोे निवेदन फाराम ।
    विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
    समाुदायिक विद्यालयका बाहेकको हकमा चालु आ.व.को नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ।
    विद्यालयको कक्षा÷तह थप सम्बन्धी प्रस्तावना ।
    सामुदायिक बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।
    बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।
    वडा कार्यालयको विद्यालय स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी सिफारिस ।
    विद्यालयको भौतिक संरचनाको विवरण ।
    नजिकका कुनै २ वटा समानतहका विद्यालयको सिफारिस ।
    स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि ।
    विद्यालयको विगत तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन ।
    अन्य आवश्यक कागजातहरु ।

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- नगर शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

    विद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी विस्तृत विवरण खुलेकोे आवेदन फाराम ।
    विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
    स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि ।
    विद्यालय विकास प्रस्ताव ।
    सामुदायिक विद्यालयका बाहेकको हकमा व्यवसाय दर्ता प्रमाण पत्र ।
    सामुदायिक बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।
    बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।
    संस्थागत विद्यालयको हकमा शिक्षकको तलबी विवरण ।
    शुल्क विवरण समेत ।
    वडा कार्यालयको विद्यालय स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी सिफारिस ।
    विद्यालयको भौतिक संरचनाको विवरण ।
    नजिकका कुनै २ वटा समानतहका विद्यालयको सहमति ।
    स्थलगत अनुगमन प्रतिवेदन
    अन्य आवश्यक कागजातहरु ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- भूमि व्यवस्थापन तथा भवन नियमन शाखा
सेवा दिने कार्यालयः- नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

    व्यहोरा खुलेको निवेदन ।
    निर्माण हुने भवनको नक्शा थान २ ।
    चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर  तिरेको रसिद ।
    घरधनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
    कित्ता नं स्पष्ट भएको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी  ।
    ट्रेस नक्शा ।
    नक्शा बनाउने इन्जिनियरको सूचिकृत प्रमाणपत्रको प्रतिलिपी ।
    घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति ।
    नक्शामा सेफ्टी ट्यांक र सोकपिट समेत स्पष्ट देखिएको कागजात ।
    अन्य ।

सेवा प्रकारः-
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरकार्यपालिकाको कार्यालय (राजश्व तथा आर्थिक प्रशासन शाखा)
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

    व्यहोरा खुलेको निवेदन ।
    नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
    विदेशीको हकमा राहादनीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ।
    व्यवसायीको २ प्रति पासपोर्ट साईजको फोटो ।
    घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद । 
    चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर  तिरेको रसिद ।
    स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी  ।
    वडा सर्जमिन मुचुल्का (आवश्यक भएमा)
    वडा कार्यालयको सिफारिस ।

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.२,०००
आवश्यक कागजातहरुः-

    व्यहोरा खुलेको निवेदन ।
    संस्थाका पदाधिकारीहरुको विवरण ।
    संस्थाको विधान वा नियमावली ३ प्रति ।
    संस्थाका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
    संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।
    संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।
    संस्थाका पदाधिकारीहरुको हालको चालचलन सम्बन्धी वडा सर्जमिन मुचुल्का ।
    वडा कार्यालयको सिफारिस ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
  • निवेदन ।
  • प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु ।

केही जानकारीहरु