विपद् व्यवस्थापन समिति र नगर कार्यपालिकाको बैठकको निर्णय बमोजिम फिक्कल गा.पा. मा भयको धनजनको छतिलाई मध्यनजर गरि पालिकाबाट नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष ज्युहरू र विपद व्यवस्थापन शाखा प्रमुख सहित फिक्कल गा.पा.को कार्यालयमै उपस्थित भई नगरपालिकाको तर्फबाट रु.२,००,०००/ (दुई लाख) नगद र २०० लि. डिजल सहयोग गरियो ।
श्री नगर प्रमुख ज्यू, शिक्षा निर्देशनालय हेटौडाका प्रमुख श्री दिपेन्द्र सुवेदी ज्यू, प्र.प्र.अ. श्री दिपक ढकाल ज्यू, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख श्री निर्मल घिमिरे ज्यू, विद्यालय निरीक्षक श्री हरि विश्वकर्मा ज्यू लगायत टिम द्वारा विभिन्न विध्यालयहरु, र रंगशालाको अनुगमन तथा निरीक्षण गर्नुहुदै।
दुधौली नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनको अनुगमन एवं निरीक्षण गर्दै ।
दुधौली नगरपालिका वडा ६ पर्साही बाट वडा नम्बर ११ मैनी सम्मको मुख्य सडक कालोपत्रे गर्नको लागी ठेक्का प्रक्रियाको अन्तिम चरणको कार्यको लागि वडा न ६ मा नगर प्रमुख ज्यू, जनप्रतिनिधि ज्यूहरु, स्थानीय राजनैतिक पार्टीका अगुवाहरु र स्थानिय सरोकारवाला उपभोक्ताहरुको हेटौंडा बाट आउनु भएका RCIP एव ADB का प्रतिनिधि ज्यूहरु बिच छलफल सम्पन्न भएको छ ।
श्री नगर प्रमुख ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, हि-क्याप ३६० का महानिर्देशक ज्यू,जर्मनी बाट पाल्नु भएका डा.उल्फा मायोरी ज्यू, HANDS नेपालका अध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरु, राजनीतिक पार्टी प्रतिनिधि ज्यूहरु,कार्यपालिका सदस्य ज्यूहरु,स्वास्थ्य इन्चार्ज ज्यू लगायत सम्पूर्ण सरोकार बाला व्यक्तिहरुको उपस्थितिमा, सिर्थौली स्वास्थ्य चौकीको संरचना र वस्तु स्थितिको निरीक्षण सम्पन्न भएको छ । यस निरीक्षण कार्यक्रममा स्वास्थ्य चौकी बाट निस्कने विभिन्न प्रकारका फोहर मैला लाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सिन्धुली अस्पतालमा भएको फोहर मैला व्यवस्थापनका लागि गरिने प्रक्रियाको विषयमा पनि छलफल भएको छ ।