दुधौली नगरपालिकाले नगरक्षेत्रभित्र पहिलो पल्ट सार्वजनिक विदा दिएर सरकारको अनुभूति गर्यो | दनुवार जातिको बाहुलेता रहेको कमलाखोज सिन्धुलीमा दनुवार जातिले मनाउने ठुलो एकादशी दनुवार जातिको मौलिक कला, संस्कृतिर संस्कारको संरक्षण र संवर्धनका लागि दुधौली नगरपालिका ६ हर्षाहीमा दनुवार संस्कृति महोत्सब तथा दनुवार जागरण संघको दोस्रो जिल्ला अधिवेसनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्रि पुनले आफनो कार्यकालभित्र सिन्धुली जिल्लालाई उज्यालो बनाउने जलस्रोत तथा सिचाईमन्त्री वर्षामान पुनले बताउनु भयो |
दनुवार जागरण समिति सिन्धुलीका पुर्व अध्यक्ष तथा पुर्व सांसद विषमलाल अधिकारी दनुवारको अध्यक्षतामा भएको साँस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा उर्जा , जलस्रोत तथा सिंचाईमन्त्रि वर्षामान पुन, सिन्धुली क्षेत्र न. १ का प्रतिनिधि सभाका सदस्य गणेश पहाडी, सिन्धुली क्षेत्र न. २ का प्रतिनिधि सभाका सदस्य हरिवोल गजुरेल, प्रदेश संसदहरु, लेखनाथ दाहाल , प्रदिप कटुवाल, विनोद खड्का, वुद्धिमान माझी, जिल्ला समन्वय समितिका सभापति शंकरराज वर्मा, जिल्ला समन्वय समितिका उप-सभापति सम्झना अधिकारी दनुवार, दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, कमलामाई नगरपालिकाका मेयर खड्क बहादुर खत्री, दुधौली नगरपालिकाका उप-मेयर बाल कुमारी अधिकारी दनुवार, दुधौली नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल, जनप्रतिनिधिहरु, वुद्धी जीवी, राजनीतिज्ञ, स्थानीय लागायत उपस्थित हुनु भएको थियो |
कार्यक्रमलाई सम्बोधनगर्दै सिन्धुली क्षेत्र न. २ का प्रतिनिधि सभाका सदस्य हरिवोल गजुरेले सिन्धुलीको आर्थिक विकास हुन आवश्यक रहेको बताए | तेसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुली क्षेत्र न.१ का प्रतिनिधि सभाका सदस्य गणेश पहाडीले कमलाखोज विकासमा पछिलो समयमा फड्को मार्दै गर्दा नदि कटानका समस्या नै हाम्रो मुल समस्या भएको भन्दै येसमा राज्यको ध्यान जान अनिवार्य रहेको बताउनु भयो |