पूर्वमा लखिमा खोर खोला वडा ८ तथा न.९.को सिमना,पश्चिमा तल्खा खोला,कमला नदि वडा न.५,११.को सिमना,उत्तरमासामुदायिक वनको सिमना वडा न.१३.सिमना,दक्षिणमाःवडा न.९.र ११.को सिमना मा रहेको यस वडामा विभिन्न जातजाति ,धर्म, समूदाय को मिश्रित बसोवास रहेको पाइन्छ। व्राह्मण,क्षेत्रि,गुरुङ्ग,नेवार,आदिवासी,जनजाति,दनुवार,मगर,सुनुवार,तामाङ्ग,मुसर,माझी,घर्ति,राई,कामी,दमाई,सार्कीआदी जातिको मिश्रितरुपमा वसोवास भएको यसवडामा ग्रामिण वस्तिमा माथिल्लो भुभाग छरिएर रहेको वस्ती तथा तल्लो भु.भागमा बाक्लो बस्ती रहेको पाइन्छ ।
यस क्षेत्रमा ८वटा मन्दीर, २वटा चर्च,६वटा दिवारीथान,एउटा बृद्धाआश्रम,एउटा बालगृह तथा ६वटा सामुदायिक वनले घेरीएको यस वडामा १४१४ घरधुरी मा ७०७० जनसंख्या रहेको छ ।यस वडाको गौरवमय इतिहासमा रहेको मध्य क्षेत्रिय प्रहरी तालिम केन्द्र र निमार्णधिन शहीद स्मारक पार्क ,प्रस्तावित चिडियाखाना ,निमार्णधिन गौतम वुद्ध विहार जस्ता पर्यटकिय क्षेत्रहरु यस वडाका गौवमय विकास रहेका छन ।
यस वडाको भु.भाग पहाडि र तराइ जस्तो लागेपनि तल्लो भु.भाग सिचाइ सुविधायूक्त छ भन्ने माथिल्लो भु.भाग सुख्खा तथा फलफूल युक्त भुमि रहेतानि केही माथिल्लो भुभाग भन्ने सिचायुक्त छ। ६ वटा सामुदायिक विधालय एउटा निजि विधालय,एउटा शहरी क्लिनिक तथा ५वटा मेडिकल पसल,दुईवटा पशुउपचार (एग्रोभेट) पसलहरु रहेको पाइन्छ ।
यस वडामा खानेपानि, विधुत,सड्क,विधालय,को सुविधायुक्त पहुच रहेतापनि शुद्धखाने पानी,ऐलानि जग्गा,कमला नदिको बाढी,कर्थाखोलको कटान आदि मुख्य समस्या रहेको पाइन्छ । यस वडाको विचभागबाट नेपालको राष्ट्रय गौरवको योजनामा रहेको मदन भण्डारी राजमार्ग (वैकल्पिक राजमार्ग)रहेको छ ।
जनप्रतिनिधिहरुको विवरण
क्र.सं. | पद | नाम | इमेल | सम्पर्क नं. |
---|---|---|---|---|
१ | वडा अध्यक्ष | श्री दुर्गा बहादुर देवकोटा | ९८५४०४२०१० | |
२ | वडा सदस्य | श्री सोमना अधिकारी | ९८०७८८६२४६ | |
३ | वडा सदस्य | श्री रवीया कुमर दनुवार | ९८१५७८१२२७ | |
४ | वडा सदस्य | श्री सिता वैजु | ९८१९८८८३५० |
कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं. | पद | नाम | इमेल | सम्पर्क नं. |
---|---|---|---|---|
१ | वडा सचिव | मोहन बहादुर मगर | ९८४४०८४९०९ | |
२ | सब. इन्जिनियर | राकेश कुमार फनेत | ९८१८७२४०१५ | |
३ | कम्प्युटर अप्रेटर | लेख बहादुर देबकोटा | ९८०७२१२८१४ | |
४ | सामाजिक परिचालक | बिमला काफ्ले | ९८४४२५४२२१ | |
५ | कार्यालय सहयोगी | ठगुमाया राय क्षेत्री | ९८१२१९०८९८ |