FAQs Complain Problems

वडा नं. ११ को कार्यालय, टाँँडी

    दुधौली नगरपालिका अन्तर्गत वडा नंं. ११ टाँडी गाँउमा अवस्थित वडा नं. ११ को कार्यालय तीन ओटा कोठा भएको पक्की भवन रहेको छ । यस दु.न.पा. वडा नं. ११ पूर्वमा कमला नदी तथा वडा नं. ९ र उदयपुर जिल्लाको सिमाना , पश्चिममा सामुदायिक वन तथा वडा नं. ६ को सिमाना, उत्तरमा कमला नदी तथा वडा नं. १० र दक्षिणमा सामुदायिक वन तथा चुरे पहाडको सिमानामा फैलिएको छ । लभाहा देखि तल्लो धनसरीसम्म फैलिएको यस वडामा विभिन्न जातजाति, सस्कृति, भाषा तथा विभिन्न धर्मका वासिन्दाहरु बसोबास गर्दै आएका छन् । कतिपय मानिसहरु अन्य ठाँउबाट वसाईसराई गरी आएका छन् भने कतिपय यसै स्थानका बासिन्दा पनि छन् । यस वडाका अधिकांश मानिसहरु कृषि पेसा गरेर आपm्नो जिविकोपार्जन गरिरहेका छन् भने कयौं मानिसहरु विदेशिएका पनि छन् । यस वडामा रहेका मानिसहरु शिक्षक, डाक्टर, इन्जिनियर, तथा अन्य सरकारी रोजगारमा संलग्न भएता पनि यस वडाको प्रमुख पेसा कृषि नै हो । 
    दुधौली नगरपालिकाको जनसंख्यामध्ये सबैभन्दा धैरै जनसंख्या भएको वडा दु.न.पा. ११ हो । ब्राह्मण, क्षेत्री, दनुवार, मगर, नेवार, माझी, राई, सुनुवार, तामाङ, कामी, दमाई, मुसहर आदी जातिहरु यस वडाका प्रमुख वासिन्दाहरु हुन् । यस वडामा वस्तीहरु कमला नदीको किनारमा कतै बाक्लो बस्ती छन् भने कतै पातलो बस्ती रहेको छ । वर्षातको समयमा यस वडाका बस्तीहरु त्रसित भएर बसिरहेका छन् । कमला नदीको कटानले गर्दा बस्तीहरु दुब्ने तथा बस्ती नै बगाउने सम्भावना देखिन्छ । त्यति मात्र नभएर साना साना खहरेहरुले पनि बस्तीहरु तथा धन सम्पतिको क्षति गर्ने सम्भावना देखिन्छ । 
    यो वडा निकै नै ठुलो क्षेत्रफलमा फैलिएर रहेको छ । प्रायः यस वडाका जमिनहरु खेती योग्य रहेको छ । उचित तरिकाले पानीको व्यवस्थापन गर्न सकेमा यस वडामा निकै नै आम्दानी गर्न सकिन्छ । धान, गँहु, मकै, कोदो, तोरी, दलहन आदि यस वडाका प्रमुख वालीहरु हुन् । आँप, कटहर, केरा तथा अन्य फलफुलहरु पनि उत्पादन गरिरहेका छन् । यस वडाका उत्पादनशील जमिनहरु कमला नदीको बाढीले जोखिमपुर्ण बनाएको देखिन्छ । कतिपय ठाँउहरुमा कमला नदी नियन्त्रण भएता पनि सयौं विगाहा जमिन हाल कमला नदीको कारणले मरभुमी झैँ भएको पाईन्छ । यस वडा नं. ११ मा विभिन्न सेवाहरु लिन सक्ने ठाँउहरु रहेका छन् । ४ वटा प्राथमिक विधालय र ३ वटा माध्यमिक गरी ७ वटा विद्यालय, १ वटा एम्बुलेन्स सहित स्वास्थ्य चौकी, तथा विभिन्न खेलमैदान लगायत अन्य प्रतिक्षालयहरु पनि रहेको छ । 
    यस वडा सुविधायुक्त भएता पनि कमला नदीको कटान, खहरेको नियन्त्रण गर्न नसक्नु, कृषिहरुमा उचित परामर्श दिन नसक्नु, फराकिलो बाटो नहुनु जस्ता समस्याहरु यस वडाका प्रमुख समस्याको रुपमा रहेको छ । यस्ता समस्याहरु न्युनिकरणका लागि स्थानिय तथा केन्द्रयले मध्यनजर गरी समाधानको प्रयास गर्नुपर्ने हुन्छ । 

 

जनप्रतिनिधिहरुको विवरण

सि.नं. पद नाम  सम्पर्क नं.
११ नं. वडा अध्यक्ष पवन कार्की ९८५४०४२०११
११ नं. वडा सदस्य टिका प्रसाद न्यौपाने ९८१६७८००९०
११ नं. वडा सदस्य शान्तीमान कटुवाल ९८०४८३६२१९
११ नं. वडा सदस्य सुमित्रा अधिकारी ९८१२१००७८४
११ नं. वडा सदस्य तुलसा कुमारी बैजु ९८२५८१२७७४

कार्यरत कर्मचारीहरूको विवरण 

क्र.सं. नाम पद सम्पर्क नं.
चलित्र कुमर वडा सचिव
  ९८०७६२९४६०
बिनोज कुमार दनुवार स.कम्प्युटर अप्रेटर ९८११७४८९८९
शिला भट्टराई सामुदायिक मनोसामाजिक कर्ता ९८१५८३३७३३
निर्मला श्रेष्ठ सामाजिक परिचालक ९८१७६०२१७२
मनोज कुमार अधिकारी कार्यालय सहगोगी ९८१२१५४१२५
रोमन सदा स्वीपर  
Nepali
जनसंख्या: 
६,५६३ (पुरुष: ३,१८२, महिला: ३,३८१)
सम्पर्क नम्बर: 
9854042011
Weight: 
0