FAQs Complain Problems

वडा नं. ३ को कार्यालय, निपाने

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीबाट अवस्थित दुधौली नगरपालिको ३ नं. वडाको कुल क्षेत्रफल १९००० हेक्टरमा फैलिएको छ । यस वडाको पूर्वमा सिन्धुली जिल्ल्लाको दुधौली नगरपालिका ६ नं. वडा हर्षाही , पश्चिममा कमलामाई नगरपालिका १४ नं. वडा चन्दनपुर , दक्षिणमा २ नं. प्रदेशको धनुषा जिल्ला र चुरे पहाड , उत्तरमा कमला नदी र दु .न.पा. १ र २ नं. वडा हत्पते पर्दछ । भौगोलिक हिसाबले सुगम मानिएतापनि सिन्धुली सदरमुकामदेखि ३७ किलोमिटर दुरीमा यो वडा रहेको छ भने दुधौली नगरकार्यापालिकाको कार्यालयदेखि .......... किलोमिटरमा पर्छ ।  यो वडामा विभिन्न जातजातिहरुको बसोवास रहेको पाइन्छ । बाहुन , क्षेत्री , दनुवार , मगर , सुनुवार , माझी , दलितहरुको बसोवास रहेतापनि यस वडामा आदिवासी दनुवार जातिको वाहुल्य रहेको छ । मुख्य पेशा कृषि भएतापनि व्यापार एवम् वैदेशिक रोजगारीमा जानेको संख्या पनि उल्लेख्य रहेको देखिन्छ । 
 यो वडामा चुरे पहाडको काखमा अवस्थित रहेको छ । यहाँको जमीन केही भू— भाग भिरालो र खेती योग्य समथर रहेको छ भने अधिकाशं भू— भाग चुरे जंगलले ढाकेको छ । यस  ३ नं. वडाको ग्राभेल मोटरबाटो निर्माण भएको छ । झुङ्गा धनसरी सडग  मोटरबाटोले सबै गाउँलाई छोएको छ जसले गर्दा मानिसहरुलाई १२ महिना सदरमुकाम सिन्धुलीमाढी लगायत अन्यत्र आवजावत गर्न सजिलो भएको छ । 
 यो वडा समुद्री सतहदेखि १८०ड्ढ  देखि २९०ड्ढ को उचाईमा रहेको छ भने ८६.१८ उत्तरी आक्षांशदेखि २६.५ देखि २७.१ पूर्वी देशान्तरमा फैलिएको छ ।   यस वडाको हावापानी उष्ण किसिमको छ । यस वडामा पाईने वनस्पतिहरुमा साल , सिसौ , खयर , करम , साज , वन्यजन्तुहरुमा मृग , स्याल दुम्सी , चितुवा खरायो , भालु आदि पाईन्छ । त्यस्तै पंक्षीहरुमा मयुर , कालिज , सुँगा , ढुकुर , रुपी  , वकुला लगायतका अन्य विभिन्न जातजातिको पंक्षीहरु प्नि पाइन्छन् । प्रमुख नदीमा यहाँ कमला नदी रहेको छ । 
ऐतिहासिक पृष्ठभूमि 
 हरियो वन नेपालको धन भनेझैं हरियो वनको हरियाली स्वच्छ हावापानी र रमणीय दृष्ययुक्त यस वडा कमला नदिको सुसेली अत्यन्तै शान्त र हराभरामय रहेको छ । धार्मिक  दृष्टिकोणले हत्पतेको मधुगंगाको तिर्थस्थल जानुअघि एक शिव मन्दिरमा भक्ति पूजा गर्न विभिन्न  जिल्लाका भक्तजनहरु र छिमेकी मुलुक भारतका तीर्थयात्रीहरु  पनि यस वडाको मन्दिरमा आउने गर्दछन् । लामा वस्तीहरुको वाहुल्यता एउटा गाउँ भएकाले त्यस स्थानमा रहेको गुम्बाहरुको अवलोकन गर्न पनि केही व्यक्तिहरु आउने गर्दछन् । 
प्रशासनिक अवस्थिति 
वडाभित्रका जनतालाई स्वास्थ्य , शिक्षा , खानेपानी , आदि दैनिक प्रशासकीय कार्य जस्ता सेवा प्रवाहका निमित्त वडा कार्यालय , विद्यालय , हेल्थपोष्ट लगायतका कार्यालहरु सञ्चालनमा छन् । त्यस्तै अतिरिक्त हुलाक कार्यालय , जनजागरण युवा क्लव , दर्ता नभएका अन्य क्लवहरु समेत सक्रिय रुपमा सञ्चालनमा छन् । कृषि प्राङ्गारिक सहकारी , आमा समूह , महिना समूह करिव आधा दर्जन सामाजिक गैर सहकारी संघ संस्थाहरु तथा व्यवसायिक संघ संस्थाहरुले स्थानीय वासिन्दाहरुलाई विभिन्न विभिन्न सेवा पु¥याईरहेका  छन् ।  
सामाजिक संस्कृतिक अवस्था 
दनुवार जातिको वाहुल्यता रहेको यस वडामा मगर , तामाङ , माझी , बाम्ह्ण , क्षेत्री , नेवार कामी ,दमाई साकी सुनुवार आदिको मिश्रित उपस्थिति रहेको छ । नेपाली भाषाको अतिरिक्त मगर तामाङ , नेवार लगायतका मतृभाषा प्रचलनमा रहेको देखिन्छ । भाषागत रुपमा हेर्दा यस वडामा ४३% दनुवार ३०% नेपाली २०.८% तामाङ ५% नेवार र १.२% अन्य भाषाहरुबोल्ने गरेको प्रारम्भिक सर्वेक्षणको देखाएको छ । 

जाति विवरण

  संख्या

जनजाती

४६८

दलित 

१०३

अन्य 

२०९

जम्मा घरधुरी

७८०

 

पुरुष

महिला

जम्मा 

 १,६०२

१,८१६

३,४१८ 

धार्मिक समुदायका हिसाबले करिब ७९% हिन्दु धर्मलाई अवलम्बन गर्ने र २०.५% वौद्ध धर्म र ०.५% अन्य धर्म मान्ने परिवार रहेको  देखिन्छ । गुठीद्धारा सञ्चालित १ मन्दिरमा पूजाआज गर्ने गरिन्छ । दशै , तिहार जस्ता पर्वलाई मुख्य चाडको रुपमा मनाउने गरिन्छ भने माघे संक्रान्ति , चैते दशैं  र फागु पुर्णिमा एकादशि जस्ता अन्य पर्वहरुलाई पनि संस्कारको रुपमा मनाउने चलन रहेको पाइन्छ । खानपान , रहन सहन , भेषभुषा , सामाजिक व्यापार एवं रीति आदिमा आय र मंगो सभ्यता दुवैको मिश्रित प्रभाव रहेको पाइन्छ । अन्य जाति विवाहको प्रचलनलाई युवा पुस्ताले थोर वहुत रुपमा नै भएपनि प्रश्रय दिएको पाईन्छ र यसलाई क्रमश ः सहजीकरण गर्दै स्वीकर्ने प्रयत्न गरेको पाइन्छ । सिन्धुली सदरमुकामको अप्रत्यक्ष प्रभाव र स्थानीय डकाहा बजार र गागंन वजारको प्रभावको प्रत्यक्ष प्रभावको कारण केही युवाहरु कुलतको प्रभाव क्रमश पर्न थालेको देखिन्छ । धार्मिक सहिष्णुता रहेकोले हिन्दु र वौद्ध धर्म मान्ने मानिसहरु दुवैको धार्मिक कार्यक्रमहरुमा समानरुपले उपस्थिति रहेको  देखिन्छ । 
    यहाँका मानिसहरुले नेपाली खाना नै खाने गरेको र तामाङ जातिमा आफ्नै किसिमको खानाको परिकार खाने गरिन्छ । यहाँका गाउँलेहरुमा तामाङ महिलाले घलेक , गाउन , पटुकी  , चोलो र किढील लगाउँछन् । भने अन्य जातिले फरिया , चोलो आदि लगाउने गरेको पाइएता पनि साडी कुर्था सुरुवाल लगाउने बढी रहेको पाईन्छ । पुरुषले दौरा  , कछाड , स्टकोट , कमिज , टोपी समेत लगाउने गरेको पाइन्छ । 
 

 

जनप्रतिनिधिहरुको विवरण

क्र.सं. पद नाम सम्पर्क नं.
वडा अध्यक्ष भद्रा कुमारी माझी ९८५४०४२००३
वडा सदस्य राम एकुवाल थारु ९८०९६८६४१७
वडा सदस्य डुकिन्द्र कुमर ९८१९६८७५६५
वडा सदस्य चप्टी अधिकारी ९८१३१४२५८९
वडा सदस्य पवि विश्वकर्मा ९८०७८७८७१२

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम पद सम्पर्क नं.
मोहन बहादुर लामा  वडा सचिव ९८१६८९८७०२ ९८४४०९२३१०
मनोज कुमार माझी स.कम्प्युटर अप्रेटर ९८१७८२०१०७ ९८४९२३५७८१
रमा गौतम ना.प्रा.स.(कृषि) चौथो ९८१९६८३७०२
मिन बहादुर रमौली मगर कार्यालय सहयोगी ९८१३३५३००८
Nepali
जनसंख्या: 
३,४१८ (पुरुष: १,६०२, महिला: १,८१६)
सम्पर्क नम्बर: 
९८५४०४२००३
Weight: 
0