साविक दुधौली नगरपालिका वडा नं. ३ र ४ मिलेर बनेको हालको दुधौली नगरपालिका वडा नं. ८ पूर्वमा तावा खोला पश्चिममा दुधौली नगरपालिका वडा नं. ९ उत्तरमा दुधौली नगरपालिका वडा नं. १३ र दक्षिणमा तावाखोला यति चार किल्लामा अवस्थित छ ।
यस वडा धार्मिक, सांस्कृतिक, भाषिक विविधताले भरिपूर्ण रहेको वडा हो । यस वडामा अधिकांस भु–भाग समथर रहेकोले कृषीको सम्भाव्यता बोकेको छ तर सिंचाईको अपर्यप्तताको कारण कृषि उत्पादनमा कमि भएको पाइन्छ ।
घरधुरी ६८१,जनसंख्या ३,०५८ (पुरुष: १,४४४, महिला: १,६१४) भएको यस वडामा ५ वटा सामुदायिक विध्यालय ४ वटा सामुदायिक वन १ वटा स्वास्थ्य चौकी रहनुको साथै दुधौली नगरपालिकाबाट निर्मित हरित पार्क र चिल्ड्रन पार्क पनि यसै वडामा अवस्थित छ ।
यस वडामा विद्युत,सडक,विध्यालयको सुविधा रहेको भएता पनि प्रशस्त मात्रामा खानेपानीको सुविधा रहेको पाइदैन । ऐलानी जग्गा, दुधौली र कुम्राहा नदिको कटान यस वडाको मुख्य समस्याको रुपमा रहेको छ । यस वडाको विच भागमा राष्ट्रिय गौरवको रुपमा रहेको मदन भण्डारी (वैकल्पिक) राजमार्ग रहेको छ ।
जनप्रतिनिधिहरुको विवरण
क्र.सं. | पद | नाम | फोटो | सम्पर्क नं. |
---|---|---|---|---|
१ | वडा अध्यक्ष | श्री मोहन चन्द्र दाहाल | ९८५४०४२००८ | |
२ | वडा सदस्य | श्री होमकुमारी ठकुरी | ![]() |
९८०५९९१५२८ |
२ | वडा सदस्य | श्री लक्ष्मीप्रसाद पोखरेल | ९८४५९८०३८० | |
३ | वडा सदस्य | श्री गजेन्द्र कुमार कर्ण | ९८६०७४१७१७ |
कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं. | पद | नाम | फोटो | सम्पर्क नं. |
---|---|---|---|---|
१ | वडा सचिव (स. स्त. तृतीय) | डिल्ली बहादुर मगर | ९८६२८३६९८८ | |
२ | कम्प्युटर अप्रेटर | बबिता अधिकारी |
९८४४००८५७६, ९८१९८२३६६५ |
|
३ | कार्यालय सहायक | प्रमिला कुमारी ठकुरी |
९८१२०२२८२६ |
|
४ | सब. इन्जिनियर | रन्जिता कार्की | ९८४४०९४८१७ | |
५ | कार्यालय सहयोगी | गंगा बस्नेत | ![]() |
९८०९६६८५३६ |