यस दुधाैली नगरपालिकामा संचालन भएकाे नगर प्रहरी जवान आधारभूत तालिम मिति २०७५।०७।२५ गते देखि शुरु भई मिति २०७५।०८।२१ गतेसम्म संचालन भएकाे थियाे । उत्त तालिमलाई नगर प्रहरी कमान्डर टाेलीबाट प्रशिक्षण दिइएकाे थियाे ।
उत्त तालिममा निम्न कुराहरुलाई समेटीइएकाे थियाे ।
१. शारिरीक तालिम,
२. ड्रिल तालिम,
३. पि. टि. तालिम र
४. कार्यालय तथा नगर प्रहरी सम्बन्धि विभिन्न पाठहरु आदि ।
दुधौली नगरपालिकाले नगरक्षेत्रभित्र पहिलो पल्ट सार्वजनिक विदा दिएर सरकारको अनुभूति गर्यो | दनुवार जातिको बाहुलेता रहेको कमलाखोज सिन्धुलीमा दनुवार जातिले मनाउने ठुलो एकादशी दनुवार जातिको मौलिक कला, संस्कृतिर संस्कारको संरक्षण र संवर्धनका लागि दुधौली नगरपालिका ६ हर्षाहीमा दनुवार संस्कृति महोत्सब तथा दनुवार जागरण संघको दोस्रो जिल्ला अधिवेसनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्रि पुनले आफनो कार्यकालभित्र सिन्धुली जिल्लालाई उज्यालो बनाउने जलस्रोत तथा सिचाईमन्त्री वर्षामान पुनले बताउनु भयो |
दनुवार जागरण समिति सिन्धुलीका पुर्व अध्यक्ष तथा पुर्व सांसद विषमलाल अधिकारी दनुवारको अध्यक्षतामा भएको साँस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा उर्जा , जलस्रोत तथा सिंचाईमन्त्रि वर्षामान पुन, सिन्धुली क्षेत्र न. १ का प्रतिनिधि सभाका सदस्य गणेश पहाडी, सिन्धुली क्षेत्र न. २ का प्रतिनिधि सभाका सदस्य हरिवोल गजुरेल, प्रदेश संसदहरु, लेखनाथ दाहाल , प्रदिप कटुवाल, विनोद खड्का, वुद्धिमान माझी, जिल्ला समन्वय समितिका सभापति शंकरराज वर्मा, जिल्ला समन्वय समितिका उप-सभापति सम्झना अधिकारी दनुवार, दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, कमलामाई नगरपालिकाका मेयर खड्क बहादुर खत्री, दुधौली नगरपालिकाका उप-मेयर बाल कुमारी अधिकारी दनुवार, दुधौली नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल, जनप्रतिनिधिहरु, वुद्धी जीवी, राजनीतिज्ञ, स्थानीय लागायत उपस्थित हुनु भएको थियो |
कार्यक्रमलाई सम्बोधनगर्दै सिन्धुली क्षेत्र न. २ का प्रतिनिधि सभाका सदस्य हरिवोल गजुरेले सिन्धुलीको आर्थिक विकास हुन आवश्यक रहेको बताए | तेसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुली क्षेत्र न.१ का प्रतिनिधि सभाका सदस्य गणेश पहाडीले कमलाखोज विकासमा पछिलो समयमा फड्को मार्दै गर्दा नदि कटानका समस्या नै हाम्रो मुल समस्या भएको भन्दै येसमा राज्यको ध्यान जान अनिवार्य रहेको बताउनु भयो |
नगर प्रमुख श्री घनश्याम राउत ज्युद्वारा दुधौली नगरपालिकाको मोबाइल एप्लिकेशन कार्यपालिकाको बैठकमा उदघाटन गरि सार्बजनिक गरियो |
उक्त मोबाइल एप्लिकेशन अहिलेको लागि Android मोबाइलको लागि उपलब्ध रहेको र Google Play Store बाट डाउनलोड गरी चलाउन सकिने छ |
iOS (एप्पल) को मोबाइलको लागि निर्माण प्रक्रियामा रहेको छ |
उक्त एप्लिकेशनबाट दुधौली नगरपालिकाको सम्पूर्ण सूचनाहरु तथा जानकारीहरु मोबाइलबाटै पढ्न सक्ने, नगरवासीहरुले मोबाइलबाटै विभिन्न किसिमका
सेवाहरुको बारे जानकारी प्राप्त गर्न सक्ने, नगर कार्यपालिका तथा वडा कार्यालयहरुको कर्मचारीहरु, पदाधिकारीहरुको विवरण हेर्न सक्ने इत्यादि. विशेषताहरु रहेको छन् |
उक्त एप्लिकेशन डाउनलोड(Download) गर्नको लागि तल दिएको लिंक(link) मा क्लिक(Click) गर्नु होस |
https://play.google.com/store/apps/details?id=infodev.doit_dudhauli&hl=en
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने समकोण कार्यक्रमद्वारा आयोजित बहस मिति २०७५/०७/१६ मा दु .न .पा. ८ सालघारी, सिन्धुलीमा सम्पन्न भयो । उक्त कार्यक्रमको बिषय किन दनुवार र मुसहर समुदायका बालबालिका तथा किसोर किशोरी विधालय नजाने र गए पनि बिचैमा छाड्ने मुल विषयमा बहस भयो, कार्यक्रममा सहभागीहरु सामाजिक बिकास मन्त्री युवराज दुलाल, नेपाल सरकारका पुर्ब सह-सचिव महाश्रम शर्मा र नगरका उप-प्रमुख बाल कुमारी अधिकारी दनुवार प्रमुख निमन्त्रित व्यक्तिहरु साथै सिन्धुली जिल्ला प्रदेश ख का सभासद प्रदीप कटवाल ज्यू, दु .न .पा. का नगर प्रमुख घनश्याम राउत लगाएत बिभिन्न सरोकारवाला निकायहरुका व्यक्तिहरु उपस्थि हुनु भएको थियो l
कमला बहुमुखी क्याम्पस ११ औ बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रममा उपस्थित प्रमुख अथिति सिन्धुली जिल्ला क्षेत्र न. १ का सांसद गणेश पहाडी ज्यू , विशिष्ट अथिति प्रदेश सभाका सांसद राजन दाहाल, पूर्व सांसद गंगा नेपाल, जिल्ला समन्वय अमितिका सभापति शंकर बर्मा, तेस्तै उपसभापति सम्झना अधिकारी, दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत ज्यू साथै दुधौली नगरपालिका का उप-प्रमुख बाल कुमारी अधिकारी ज्यू , अथिति दु.न.पा. का प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल ज्यू साथै ने.क.पा एमाले -पार्टीका जिल्ला अध्यक्ष राम कुमार कार्की, नेपाली कांग्रेसका प्रतिन्धि तथा दु.न.पा. ७ का वडा अध्यक्ष कुमार बस्नेत लगायत विभिन्न संघ सस्थाका प्रतिनिहरु, बुद्धिजिवीहरु उपस्थित हुनु भएको थियो l कमला बहुमुखी क्याम्पसका अध्यक्ष मातृका भटराई ज्यूले दुधौली नगरपालिकाबाट कमला बहुमुखी क्याम्पस सभा हल बनाउन भरपूर सहयोग गरेको जिकिर गर्नु भयो l सांसद गणेश पहाडी ज्यूले कमला बहुमुखी क्याम्पसलाई सिन्धुली जिल्लाको नमुना प्राबिधिक क्याम्पस बनाउने प्रतिबद्ता गर्नु भयो l प्रदेश सभाका सांसद राजन दाहाल ज्यूले बजारमा बिक्न्ने दक्ष्य जनशक्ति उत्पादन गर्नु पर्ने र दुधौली नगरपालिकालाई आधुनिक शहर बनाउनु पर्नेमा जोड दिनु भयो l
दुधौली नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयमा भएको दशैं शुभकामना आदन प्रदान २०७५ को केहि तस्बिरहरु
दुधौली नगरपालिकाको पाँचौ नगर सभाको पहिलो बैठकमा दुधौली नगरपालिकाको फोहोरमैला व्यवस्थापन, शिक्षा सम्बन्धि, सहकारी सम्बन्धि,आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका, कृषि व्यवसाय प्रवर्द्धन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, संस्था दर्ता सम्बन्धि, पशु स्वास्थ्य र विविध (समसामयिक) कानूनको व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई स्वीकृत गर्न उल्लेखित विषयहरुमा छलफल गरियो |