FAQs Complain Problems

सूचना प्रविधि शाखा

दुधौली नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा डिजिटल डिस्पले बोर्ड जडान गरियो |

दुधौली नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा डिजिटल डिस्पले बोर्ड जडान |

नगर प्रमुख श्री घनश्याम राउत ज्युद्वारा उक्त डिजिटल डिस्पले बोर्ड उदघाटन गरियो |

यस डिजिटल डिस्पले बोर्डबाट दुधौली नगरपालिकाको विभिन्न किसिमका सूचनाहरु तथा जानकारीहरु पढ्न सकिने छ तथा समय, दिन, मिति तथा तापक्रम बारे समेत जानकारी प्राप्त गर्न सकिने छ |

२ नं. वडा कार्यालय, भलुवाही र १० नं. वडा कार्यालय, सिर्जनानगरमा इन्टरनेट जडान |

२ नं. वडा कार्यालय, भलुवाही र १० नं. वडा कार्यालय, सिर्जनानगरमा सफलापुर्वक इन्टरनेट जडान गरियो |

यसका साथै इन्टरनेट जडान हुने कार्यालयहरुमा २ नं. वडा कार्यालय भलुवाही, ५ नं. वडा कार्यालय सिर्थौली, ६ नं. वडा कार्यालय हर्षाही, ८ नं. वडा कार्यालय खोरभञ्ज्याङ, ९ नं. वडा कार्यालय दुधौली, १० नं. वडा कार्यालय सिर्जनानगर र ११ नं. वडा कार्यालय टाँँडी गरि ७ ओटा वडा कार्यालयहरुमा इन्टरनेट जडान भैसकेको छ |

दुधौली नगरपालिकाको मोबाइल एप्लिकेशन सार्बजनिक

नगर प्रमुख श्री घनश्याम राउत ज्युद्वारा दुधौली नगरपालिकाको मोबाइल एप्लिकेशन कार्यपालिकाको बैठकमा उदघाटन गरि सार्बजनिक गरियो |

उक्त मोबाइल एप्लिकेशन अहिलेको लागि Android मोबाइलको लागि उपलब्ध रहेको र Google Play Store बाट डाउनलोड गरी चलाउन सकिने छ |
iOS (एप्पल) को मोबाइलको लागि निर्माण प्रक्रियामा रहेको छ |

उक्त एप्लिकेशनबाट दुधौली नगरपालिकाको सम्पूर्ण सूचनाहरु तथा जानकारीहरु मोबाइलबाटै पढ्न सक्ने, नगरवासीहरुले मोबाइलबाटै विभिन्न किसिमका

आ. ब. २०७४/०७५ को वार्षिक समिक्षा प्रतिवेदन

तल Supporting Documents मा राखिएको सूचना प्रबिधि शाखाको आ. ब. २०७४-०७५ को वार्षिक समिक्षा प्रतिवेदन सूचनाको pdf file डाउनलोड (Download) गरी पढ्न सक्नु हुनेछ।